ट्रेंडिंग:

>> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह >> जाडो छल्ने चराले तालतलैयामा चहलपहल >> नेपाल, चीन र भारतमा एकसाथ भूकम्प >> मोटर चढ्ने रहर पुरा हुँदै >> तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प, नेपालमा पनि ठूलै धक्का >> कुन कुन प्रदेशमा छ आज वर्षाको सम्भावना ? >> बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान >> सिद्धार्थनगरमा पूर्वाधारतर्फ ५९ योजना अघि बढ्दै >> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड >> बंगलादेशमा शेख हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ >> संघीय संसदको राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता >> ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर हस्तान्तरण >> क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने >> भ्रष्टाचारको खुलासा गर्ने पत्रकारको गहिरो चोटसहित ट्याङ्कीमा शव भेटियो >> इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पसँग भेटेर नयाँ तरंग सुरू >> रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू >> एमाले केन्द्रीय समिति बैठक सुरू, सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने

शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित

२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

बुटवल, २१ पुस ।
राष्ट्रिय स्तरको ‘ख’ बर्गको विकास बैंकको रूपमा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । ८ अर्ब अधिकृत पुँजी तथा जारी र चक्ता पुँजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकोमा बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ४ अर्ब ८७ करोड पुग्ने छ । साधारणसभाले संस्थापक शेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र विरेन्द्र भुसाल तथा सर्वसाधारण शेयरधनीबाट विरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको थियो ।
स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए ।
सभापश्चात बसेको सञ्चालक समितिको वैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
सञ्चालक समितिमा डा. हिमाल भट्टराई र विरेन्द्र भुसाल नयां हुन् भने बाँकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् । नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच बढाउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरू विस्तार गरेको र डिजिटल बैकिङलाई थप प्राथमिकता दिएर अगाडि बढ्ने बताए । बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैक हो ।
बैंकका ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटीएम मेशिन सञ्चालनमा छन् । ७ लाख ५ हजार ५८ जना वचतकर्ता रहेको बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ । बैंकमा ७३८ जना कर्मचारी कार्यररत छन् । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड,९५ लाख, कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति शेयर आम्दानी १४.४८ रहेको छ । बैंकको पूजिकोष अनुपात १२.५६ प्रतिशत छ । बैंकले गत वर्ष इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि र नेपालमा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?