ट्रेंडिंग:

>> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह >> जाडो छल्ने चराले तालतलैयामा चहलपहल >> नेपाल, चीन र भारतमा एकसाथ भूकम्प >> मोटर चढ्ने रहर पुरा हुँदै >> तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प, नेपालमा पनि ठूलै धक्का >> कुन कुन प्रदेशमा छ आज वर्षाको सम्भावना ? >> बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान >> सिद्धार्थनगरमा पूर्वाधारतर्फ ५९ योजना अघि बढ्दै >> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड >> बंगलादेशमा शेख हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ >> संघीय संसदको राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता >> ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर हस्तान्तरण >> क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने >> भ्रष्टाचारको खुलासा गर्ने पत्रकारको गहिरो चोटसहित ट्याङ्कीमा शव भेटियो >> इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पसँग भेटेर नयाँ तरंग सुरू >> रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू >> एमाले केन्द्रीय समिति बैठक सुरू, सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने

प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष

२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

बुटवल ।

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा गत मंसिर २१ र २२ गते बुटवलमा सम्पन्न प्रथम मगर साहित्य महोत्सवको शनिबार समीक्षा सम्पन्न भएको छ । महोत्सवमा भएका विभिन्न गतिविधिको समीक्षासहित कार्यक्रम सम्पन्न गर्नका लागि संकलित आम्दानी खर्च सार्वजनिक गरिएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट क्रियाशिल व्यक्तित्वहरुलाई आभार व्यक्त गर्दै मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले आगामी वर्षमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरिन् । महोत्सवले मगर समुदायका इतिहास बारे नयाँ पुस्तालाई जानकारी गराउनुका साथै वर्तमान अवस्था र भविष्यको यात्राका बारेमा समीक्षा गर्ने अवसर प्राप्त भएको उनले उल्लेख गरिन् । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लामा आयोजना गरिएको महोत्सवले देश तथा विदेशमा रहेका नेपालीहरुको ध्यानलाई केन्द्रित गर्त सफल भएको निष्कर्शसहित उनले आगामी दिनमा थप क्रियाशिल र रचनात्मक क्रियाकलापलाई निरन्तरता दिइने उल्लेख गरिन् ।

समीक्षा बैठकमा बोल्दै नेपाल मगर सघका सह–अध्यक्ष दलबहादुर विरकट्टा मगरले महोत्सव एतिहासिक र सफल भएको उल्लेख गरे । सामाजिक र राजनीतिक रुपमा मगर समुदायको मुद्दालाई उठान गर्ने मात्र नभई आर्थिक रुपमा समेत पारदर्शी भएर महोत्सव सफल देखिएको बताउँदै उनले अभियानको रुपमा यसलाई अघि बढाउनु पर्नेमा जोड दिए । महोत्सव आयोजक समितिका प्रवक्ता तथा युवा नेता शंकर गाहाले लामो समयको अभ्यास, अनुभव र व्यक्तित्वहरुको सहयोगले कार्यक्रम सफल भएको उल्लेख गरे । मगर समुदायको संस्कार, संस्कृति र पहिचानलाई जोगाउँदै पुस्तान्तरणका लागि नयाँ दस्तावेज थप्ने काम महोत्सवले गरेको उनले बताए । यसैगरी प्रचार प्रसार समितिका संयोजक यम रानाले महोत्सव सफल बनाउने क्रममा देखिएका केही कमीकमजोरीहरुलाई सुधार गर्दै आगामी दिनमा थप परिस्कृत भएर जानु पर्नेमा जोड दिए । कुनै पनि अभियान वा कार्यक्रम सफल बनाउनका लागि सञ्चालन गरिने आर्थिक अभियान पारदर्शी हुनुपर्ने बताउँदै उनले आयोजक उक्त कुरामा सफल भएको दाबी गरे ।

महोत्सव व्यवस्थापन समिति संयोजक राधिका श्रीस पुनले कार्यक्रम सफल भएसँगै यसको निरन्तरता र थप रचनात्मक कार्यका लागि उत्साह थपिएको उल्लेख गरिन् । देशका विभिन्न सहरसँगै विदेशका भिविन्न मुलुकहरुबाट समेत आर्थिक सहयोगका लागि सहजीकरण गर्ने संघ–संगठन तथा व्यक्तिहरुलाई आभार व्यक्त गर्दै उनले आगामी दिनमा समेत सहकार्यमा जोडिने प्रतिवद्धता व्यक्त गरिन् । महोत्सव आर्थिक समितिमा संयोजक देवेन्द्र रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै मितव्ययी भएर कार्यक्रम सम्पन्न गर्न सफल भएको उल्लेख गरे । महोत्सव सफल बनाउन संस्थाले २० लाख बढी खर्च अनुमान गरे पनि कूल १७ लाख ३५ हजार ७१० रुपैयाँ खर्च भएको प्रतिवेदन उनले उल्लेख गरे । सम्पूर्ण आर्थिक गतिविधिको अन्तिम लेखा परीक्षण गर्दा केही रकम घटबढ हुन सक्ने बताउँदै उनले पूर्व निर्धारित खर्च अनुमानभन्दा कम रकममै कार्यक्रम गर्न सफल हुनु सकारात्मक पक्ष भएको बताए । संस्थाले कार्यक्रम सफल बनाउनका लागि क्यूआर कोटबाट १ रुपैयाँ दान अभियानदेखि विभिन्न सरकारी निकाय, स्थानीय सकार, सामाजिक संघ–संस्था, विदेशका विभिन्न मुलुकमा रहेका व्यक्तिहरुबाट कूल २२ लाख ९४ हजार ६२२ रुपैयाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख गरे । यस बाहेक प्रतिवद्धता प्राप्त भएको ४ लाख बढी रकम उठ्न बाँकी रहेको संयोजक रानाले जानकारी गराए ।

महोत्सवमा भएका सम्पूर्ण गतिविधिलाई समेटेर मगर महिला संघले पुस्तक प्रकाशनको तयारी समेत गरेको छ । यसैगरी महोत्सवबाट बचत भएको रकमलाई छुट्टै कोष स्थापना गरी आगामी वर्षमा समेत निरन्तरा दिइने बताइएको छ । महोत्सवमा मातृ भाषामा कविता बाचन प्रतियोगिता, सामाजिक, आर्थिक, साँस्कृतिक तथा ऐतिहासिक विषयमा ७ वटा प्यानल डिस्कशन, चित्रकला प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, साँस्कृतिक झाँकी तथा कला प्रदर्शन लगायतका गतिविधि सञ्चालन गरिएका थिए ।

यसैगरी आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरी वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको थियो । महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघ सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?