ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

प्याडको विकल्प खोज्दा उद्यमी बनिन् अन्जु

बजारमा पाइने प्याडले एलर्जी भएपछि उनी अस्पतालमा जचाउन गइन् । डाक्टरले उनलाई कटनको कपडा प्रयोग गर्न भने । बजारमा पाइने प्याडको स्थायी विकल्पको खोजी गर्दा गर्दै अन्जु कटनको प्याड उद्योगकी सञ्चालक बनेकी छन् ।
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बुटवल, २० पुस ।
महिनावारीको समय आउन थालेपछि अन्जु थापालाई त्यसै त्यसै तनाव सुरू हुन्थ्यो । त्यो बेला प्रयोग गरेका प्याडकै कारण उनलाई चिलाउन जो थाल्थ्यो । बजारमा पाइने प्याडले एलर्जी भएपछि उनी जँचाउन पनि गइन् । डाक्टरले उनलाई कटनको कपडा प्रयोग गर्न भने । तर त्यसले पनि साध्य चल्दैनथ्यो । रूपन्देहीको तिलोत्तमा घर भएकी उनी बजारमा पाइने प्याडको स्थायी विकल्पको खोजि गर्दा गर्दै कटनको प्याड उद्योगकी सञ्चालक बनेकी छन् ।
२०७० सालमा पहिलो सन्तान जन्मेको बेलामा प्रयोग गरेका प्याडकै कारण चिलाउने समस्या यति धेरै भयो कि घाउहरू नै आए । त्यतिबेला उनका श्रीमान रोजगारीका लागि साउदीमा गएका थिए । त्यहीँबाट उनलाई प्याड पठाइदिए । उनले पठाएका प्याडहरूले भने उनलाई एलर्जी भएन । आफूलाई सन्चो भएपछि अन्जुलाई प्याड कसरी बनेको रहेछ भनेर हेर्न मन भयो। एकदिन प्याड खोलेर हेरिन् ।
‘खोलेर हेरेपछि त यस्तै प्याड बनाउन पाए पनि हुन्थ्यो भन्ने विचार मनमा आयो,’ उनले भनिन् । श्रीमानले पठाएका प्याड पहिला उधार्ने अनि आफैँ सिलाउँन थालिन् । उनले त्यो बेला प्याडलाई कसरी काटेको छ भनेर ख्याल राख्थिन् । बच्चा जन्माएपछि बैंकको काम छोडेर घरै बसिरहेकी उनलाई फुर्सदको समयमा अब के गर्ने भन्ने कुराले पिरोलिरहन्थ्यो ।
त्यही समय प्याड काट्दै सिउँदै गरेर कटाउँथिन् । त्यसो गर्दागर्दै उनको मनमा प्याड बनाएर बेच्ने विचार पलाएको हो । ‘सानैबाट बजारमा पाइने प्याड प्रयोग गर्दा मलाई चिलाउने समस्या थियो । तर पनि जेनतेन समय कटिरहेको थियो,’ उनले भनिन्, ‘१० वर्षअघि श्रीमानले पठाएका प्याडले एलर्जि हुन छोड्यो । फुर्सदका बेला ती प्याड खोल्दै हेर्दै गर्दा मलाई त्यसपछि कटन प्याडको उद्योग खोल्ने आइडिया आएको हो ।’
आफ्नो आइडिया उनले विदेशमा रहेका श्रीमान प्रकाशलाई सुनाइन् । आजसम्म बैंकको जागिर गरिरहेकी श्रीमतीले प्याड बनाएर बेच्छु भन्दा सुरूमा प्रकाशले निको मानेनन् । प्रकाशले मन नपराए पनि अन्जुलाई भने यो काम गर्ने हुटहुटीले पछि हट्नै दिएन । ‘आखिरमा उहाँ नमानि सुखै भएन नि,’ अन्जुले भनिन् । श्रीमानले त साथ दिए परिवार÷ आफन्त भने अन्जुले प्याड बनाउन थालेको मन पराएनन् ।
‘म पढाइमा राम्रो थिएँ । व्यवस्थापन विषय पढेर पाँचवर्षसम्म बैंकको जागिर गरेकी थिएँ,’ अन्जुले भनिन, ‘प्याड बनाउन सुरू गरेपछि त पढेलेखेकी बुहारीले उही नपढेकाले गर्ने काम गर्न थाली भन्थे । आमाले पनि यस्तो पेसा राम्रो हुँदैन भन्नुभयो । मसँग बोल्नु समेत भएको थिएन ।’ तर उनलाई भने विश्वास थियो– म यो व्यवसायमा सफल हुन्छु । व्यवसाय सुरू गर्दा श्रीमानले प्याड सिलाउने एउटा मेसिन र करिब ६० हजार रूपैयाँको कटन कपडा पठाइदिए । गाँउमा बुहारी समूहमा उनी आफैले जम्मा गरेको ४० हजार रूपैयाँ थियो । त्यो पैसाले अर्को मेसिन किनिन् ।
यसरी उनले एकलाख १३ हजार लगानी गरेर सुरू गरिन– अन्जु सेनिटरी प्याड उद्योग । सुरूमा उनले आफ्नै लागि बनाइन् । त्यसपछि दिदी बहिनीका लागि बनाइन् । अनि गाउँटोलका महिलाले पनि उनका प्याड प्रयोग गर्न थाले । ‘अहिले त गाउँबाहिरबाट पनि माग आउन थाल्यो । माग अनुसार प्याड बनाएर बेच्छु,’ उनले भनिन् ।
अन्जुले सुरूमा एकथरी मात्रै प्याड बनाउँथिन् । समयसँगै उनले प्याडका प्रकारहरू बढाइन् । अहिले उनले पाँच प्रकारका प्याड बनाउँछिन् । उनको उद्योगमा बनाइएका सबैथरी प्याड पुनः प्रयोग गर्न मिल्छ । ‘एक पटक खरिद गरेपछि २/३ वर्षसम्म प्रयोग गर्न सकिन्छ,’ उनले भनिन् । प्याडको मुल्य पनि साइज अनुसार राखेकी छन् । २ सय ५० देखि ५ सय रूपैयाँसम्म मूल्य पर्छ । अहिले दैनिक ३ सय प्याड उत्पादन हुने र १ सय देखि १ सय ५० वटा प्याड दैनिक बिक्री भइरहेको अन्जु बताउँछिन् । अहिले उनले महिनाबारी हुँदा प्रयोग गर्ने पेन्टी समेत निर्माण र बिक्रि सुरू गरेकी छन् । ‘सामान्य पेन्टी खरिद गर्ने र त्यसमा प्याड राखेर फिनिसिङ्ग गरेर बेच्ने गरेकी छु यसको बजार मूल्य एकहजार राखेको छु,’ उनले भनिन् । उनका अनुसार प्याडको लागि सामान्य कटन कपडा नभई विशेष खालको ‘माइक्रो फिलिष्ट’ कपडा प्रयोग गरिन्छ । जसले मासिक श्राव सोस्ने र बाहिर चुहिनबाट रोक्छ । भित्र पट्टी राखिने माइक्रो फाइबरले रगत सोस्ने मात्र नभएर छिटो सुकाउने काम पनि गर्छ ।
‘प्याडको माथिल्लो भागमा राखिने लेमिनेट कटन कपडाले रगत सोस्छ । यसबाट हावा वारपार हुन्छ। जसले गर्दा संमक्रमण हुने, चिलाउने समस्या हुन दिँदैन’, उनले भनिन् । प्याडका लागि भारत,बंगलादेश र चीनबाट विशेष खालको कपडा ल्याउने र प्याड बनाउने गरेको अन्जुले बताइन् । उनको प्याड उद्योग राम्रोसँग चल्न थालेपछि एक्लैले प्याड बनाउन संभव भएन । अनि उनले विदेशमा रहेका श्रीमानलाई नेपाल फर्किन भनिन् ।
उनका श्रीमान कम्पियुटर इन्जिनियर हुन् । १० वर्ष रोजगारीको लागि साउदी अरबमा बसेका उनी अन्जुको उद्योगमै काम गर्न भनेर फर्किए । अहिले उनी अन्जुका प्याडको बजारिकरणमा लागेका छन् । ‘सुरूमा त के होला कसो होला भन्ने थियो । त्यसैले मलाई अन्जुले उद्योग खोल्छु भन्दा सही लागेको थिएन। तर उनले त गरिन्। गरेर पनि देखाइन् । अनि मैले सहयोग गरेँ । उनले बोलाएपछि मलाई आफ्नै देशमा बसेर आफ्नै उद्योग चलाउनु नै सही लाग्यो,’ प्रकाशले भने, ‘अनि यतै आएँ । अन्जुले यो काम सुरू नगरेको भए त म अहिले पनि साउदीको खाडीमा काम गरिरहेको हुने थिएँ । त्यो भन्दा यही ठिक छ । म अहिले परिवारसँगै बसेर आम्दानी गर्न सक्ने भएको छु । खुसी छु ।’ अहिले अन्जु सेनेटरी प्याड उद्योगमा अन्जु, उनका श्रीमान, प्रकास र अरू तीन जनाले काम गरिरहेका छन् । सुरूवाती समयमा प्याड बिक्रीका लागि अन्जुलाई केही गाह्रो भएको थियो अहिले बजारको कुनै समस्या नभएको उनी बताउँछिन् । उनले उत्पादन गरेको प्याड अहिले अनलाइन र विभिन्न पसलहरूबाट बिक्री हुन्छन् । ‘प्याड बिक्रीको लागि अहिलेसम्म बजार सम्म लिएर जानु परेको छैन । फेसबुक, टिकटक, इन्स्टाग्रामबाटै नेपालका विभिन्न जिल्लासँगै विदेशमा समेत अर्डर आउने गरेको छ’, उनले भनिन्, ‘कहिलेकाँही त अर्डर नि पुरा गर्न गाह्रो हुन्छ ।’
यसरी आफ्नो समस्याको समाधान खोज्दा उद्यमको बाटो भेटेकी अन्जु तिलोत्तमा नगरपालिकाकै उत्कृष्ट महिला उद्यमी भएर पुरस्कृत भइन् ।
तिलोत्तमा नगरपालिका र दायित्वभन्ने गैरसरकारी संस्थाको सहकार्यमा सुरू गरिएको ‘नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम द्रुतीकरण कार्यक्रम’मा उनलाई गत वर्ष उत्कृष्ठ उद्यमकीको रूपमा सम्मान गरिएको थियो। अहिले उनी तिलोत्तमा नगरको मात्रै होइन जिल्लाकै सफल महिला उद्यमीको रूपमा चिनिन्छिन् । तिलोत्तमानगरपालिका उपप्रमुख जागेशवरदेवी चौधरी अन्जुलाई आफूले राम्रो उद्यमीको रूपमा चिनेको बताउँछिन्। अन्जु र अन्जुजस्ता उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारिकरणमा सहयोग गर्न आफू लागि पर्ने पनि उनको भनाइ छ । ‘अन्जुजीले उत्पादन गरेको सेनेटरी प्याडलाई बजारीकरण गर्न नगरले पहल गरिरहेको छ,’ उनले भनिन्। तर अहिले आफूले तयार गरेका सेनेटरी प्याडहरूलाई नगर भित्रका विद्यालयमा वितरण गर्न नसकिएको अन्जुले बताइन् ।
उनका प्याड सरकारी विद्यालयले खोज्ने प्याडको मापदण्डभित्र नपर्ने भएकाले पनि अन्जुले टेन्डर प्रक्रियामै भाग लिन पाउन्नन्। ‘प्याडको लम्बाई चौडाई लगायतका मापदण्डमा उहाँका प्याड पर्दैनन । त्यसैले टेन्डर प्रक्रियामा उहाँ पर्न सक्नुहुन्न,’ उपप्रमुख चौधरीले भनिन्, ‘अरू सहयोग, प्रोत्साहन गर्ने कुरामा नगर सधै सहयोगी छ।‘ अन्जुले महिलाहरूको स्वास्थ्यजस्तो संवेदनशील कुरालाई मद्दत पुग्ने खालको उत्पादन गरि आफ्नो व्यवसाय अघि बढाएको भन्दै नगरमा उनको तारिफ हुने गर्छ ।
तिलोत्तमा–१ वडा अध्यक्ष परशुराम गिरीले आफनो वडामा अन्जु जस्तो असल उद्यमी पाउनु सुखद पक्ष रहेको बताए। ‘अन्जुले उत्पादन गरेका सेनेटरी प्याड सुरूमा केही महङ्गो जस्तो लागे पनि पुनः प्रयोग गर्न मिल्ने र स्वास्थ्यका हिसाबले राम्रो भएको भन्दै स्थानीयहरूले प्रयोग गरेको मैले पाएको छु। उहाँजस्तो उद्यमी हुनु वडाको लागि गर्वको कुरा हो,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?