ट्रेंडिंग:

>> सर्वोच्च अदालतको फैसलामा न्यायाधीशहरूको मर्यादाक्रम निर्धारणका लागि सुझाव >> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> मोडल अफ लुम्बिनी सिजन–२ सम्पन्न >> २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं : मन्त्री खड्का >> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ?

सकियो बुटवलको व्यापार मेला

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

बुटवल, १९ पुस ।
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ । ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको ३ गतेदेखि सञ्चालन गरिएको औद्योगिक व्यापार मेला बिहिबार सकिएको हो । १६ दिनसम्म सञ्चालन गरिएको मेलामा ४ लाख भन्दा बढी दर्शकले अवलोकन गरेको र मेला भित्रका स्टलमा सरदर २५ करोड रूपैंयाँ बराबरको कारोवार भएको आँकलन गरिएको बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराए । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि थिए ।
मेलाको समापन कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मुलुकको विकासको लागि औद्योगिक विकास र पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने गरी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे । उनले युवा जनशक्तिको पलायनसँगै सीप र दक्षता पनि पलायन भइरहेको बताउँदै युवा जनशक्तिलाई रोक्न सकिएन भने देश पछाडि पर्ने भएकाले विदेशमा जस्तै काम गर्दै पढ्दै गर्ने परम्परा विकास गर्नुपर्ने भनाइ राखे । बुटवलको मोतिपुर औद्योगिक क्षेत्र बुटवल उद्योग वाणिज्य संघको पहलमा अगाडि बढेको बताउँदै जतिसक्दो चाँडो निर्माण गर्नुपर्नेमा जोड दिए । यसको निर्माणले यस क्षेत्रको औद्योगिक विकास र प्रदेशको आर्थिक राजधानी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी प्रदेशको राजधानी सार्दा बुटवलाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजना योजनामै सिमित रहेको बताउँदै त्यस अनुसारका कार्यक्रम ल्याउन पनि प्रदेश सरकारलाई आग्रह गरे । उनले प्रदेशको राजधानी बुटवलमा राख्दा आफ्ना भौतिक पूर्वाधार सहयोग गरेको बुटवल उद्योग वाणिज्य संघको भवन राजधानी छोड्दा अस्तव्यस्त छाडेको कुराले आफूलाई दुःख लागेको बताउँदै उनले तत्कालै उक्त भवनको मर्मतसम्भारको भुक्तानी दिनका लागि पनि प्रदेश सरकारलाई आग्रह गरे ।
मेला समापन कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका अध्यक्ष उमाकान्त चपाई, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, मेला मुल्यांकन समितिका संयोजक, बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, राष्ट्रिय वाणिज्य बैंकका गणेशप्रसाद पौडेल, संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक टंकप्रसाद गैरे, महासचिव तथा मेलाका सदस्य सचिव मुक्तिप्रसाद अधिकारी लगायतले मेलामा दर्शकको उत्साहपूर्ण सहभागिताले स्टल धनीहरूलाई सन्तुष्टी मिलेको बताउँदै यसले आयोजकलाई पनि आत्मसम्मान प्राप्त हुने भनाई राखेका थिए ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले गरेको यो मेला २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरूको खोजी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न अझ परिस्कृत रूपमा मेला आयोजना गरिएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताए उनले स्थील अर्थतन्त्रका कारण ठूलो चुनौतीका बिच गरिएको मेलाको सफलताले धेरै खुसी मिलेको भनाइ राखेका थिए । औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशष्ो महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिनमा ५ सय स्टल थिए ।
त्यसैगरी मेला अवधिमा छुट्टाछुट्टै शिर्षकमा दुईवटा गोष्ठि तथा सेमिनार गरिएको थियो । जीतगढी किल्लाको आकृतिमा निर्माण गरिएको स्टेज, स्टलको आकर्षक लेआउट र बालउद्यानमा राखिएको फिस टनेल मेलाका आकर्षकको रूपमा रहेका थिए । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भएका थिए । मेलामा विविध सांस्कृतिक कार्यक्रम सहित लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, व्यटि फियर, टिकटक लगायतका प्रतियोगिता गरिएको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी दिए । मेलाको समापनमा संघले औद्योगिक व्यापार मेला बुटवल २०८१ को अवसरमा प्रकाशन गरेको मेला प्रदर्शक पुस्तिका विमोचन गरिएको छ । उक्त पुस्तिकाको कार्यक्रमका प्रमुख अतिथी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विमोचन गरेका थिए । संघले २०४१ सादेखि गरेका प्रदर्शनी तथा मेलाको बारेमा संक्षिप्त जानकारी सहित औद्योगिक व्यापार मेला २०८१ मा सहभागि स्टलको तथ्यांक समेटेर उक्त पुस्तिका प्रकाशन गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?