ट्रेंडिंग:

>> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत >> नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु >> संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र

बलात्कारका घटनाको विरोधमा मन्त्रीलाई ज्ञापनपत्र

१८ भाद्र २०७५, सोमबार
१८ भाद्र २०७५, सोमबार

नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशले आईतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई पाँच बुँदे मागपत्र बुझाएको छ । देशभर बालीकाहरू माथी भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गर्दा कर्णाली प्रदेशमा यस्ता खालका घटना हुन नदिनको लागी पहल गर्नु पर्ने भन्दै संथाले मागपत्र बुझाएको आयोन कर्णाली प्रदेशका संयोजक चरित्राकुमारी केसीले बताएकी छन् । आयोन कर्णाली प्रदेशको सदस्य संस्था मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल), सामाजीक विकास तथा प्रर्वद्धन केन्द्र सुर्खेत, ग्रामिण विकास नेपाल कालीकोेट लगाएत युवाका क्षेत्रमा काम गरिरहेका दर्जन बढि संस्थाहरूले समेत यस कार्यमा यक्यवद्धता जनाएका छन् ।
स्थानिय तहका टोलटोलदेखी सबै ठांउमा बलात्कार बिरुद्धको अभियान संचालन गर्नुपर्ने, आम जनमानस देशको सुरक्षा व्यवस्थाप्रती विश्वस्त हुन सक्ने कार्यको सुनिश्चितता गर्नुपर्ने, कानुनले कसैलाई पनी विभेद नगरी दोषीलाई सजाय र पिडितलाई यथासक्य न्यायको आभाष दिलानुपर्ने भन्दै कर्णाली सरकारका सामाजिक विकास मन्त्रीलाई मागपत्र बुझाईएको छ ।
त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य अधिकारका कुराहरू पाठ्यक्रममा समावेश गरि हरेक तहका कक्षामा पढनपाढन गरिनुपर्ने साथै विद्यालय बाहिर रहेका बालबालीकाहरूलाई समेत यससम्बन्धि तालीमको व्यवस्था र आत्मरक्षाको तालीम दिईनुपर्ने र यौनजन्य तथा महिला विरुद्ध हुने हिंसाको अन्त्य गर्न प्रदेश सरकार र स्थानिय सरकारले आ–आफ्नो क्षेत्रमा नीति तथा कार्यक्रमको निर्माण गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भन्दै पाँच बुंदे मागपत्र बुझाएको हो ।
नेपाल युवा संस्था संजाल आयोन कर्णाली प्रदेशको माागपत्र बुुँदै कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावलले आयोनले बुझाएको मागपत्रप्रती गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने ‘ बलात्कारीलाई मृत्यु दण्ड दिईनुपर्ने हो तर त्यसमा नेपालको संविधान र विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेकोले मिल्दैन । बलात्कारीलाई बाँचुन्जेल जेलमा सड्न दिनु पर्छ ।’ कर्णालीमा जनता ढुक्क हुने वातावरण हामी तय गर्नेछौं । उनले थपे ‘कर्णाली प्रदेश सरकारले बलात्कार तथा हिंसाजन्य अपराध नियन्त्रणमा जनचेतना मुलक कार्यक्रमका लागी बजेट समेत छुट्टाएको छ । ’
सामाजीक विकास मन्त्री दलरावललाई मागपत्र बुझाएपछि पत्रकारहरूसंग बोल्दै आयोन कर्णाली प्रदेशकी संयोजक साथै मानब अधिकार तथा गा्रमीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) की कार्यक्रम व्यवस्थापक चरित्राकुमारी केसीले भनिन् ‘कञ्चनपुरमा १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या, पोखराकी १३ वर्षीया किशोरी बेपत्ता र दुईदिनपछि शव भेटिनु जस्ता घटना सामान्य भएका छन् । यस्ता खालका घटनामा सरकारको ध्यान जाओस् भनी मागपत्र बुझाएका हौं ।’ उनले थपीन् ‘ देशभरमा गत आर्थीक वर्षमा १४ सय ८० बलात्कारका घटना भएको प्रहरीको तथ्याङ्क छ । यो हिसाबले दिनमा चारवटा घटना पर्न आउँछ । यसमा सरकारको गम्भिर ध्यान हुनुपर्छ । हामी र हाम्रा छोरीहरूको सुरक्षाको ग्यारेण्टी अब सरकारले लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission