© २०२३
१० औं अन्तर्राष्ट्रिय गिद्द सचेतना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । सोही अनुरुपमा नेपाल पंक्षि संरक्षण संघ काठमाण्डौको समन्वयमा जटायुँ रेष्टुरेन्ट सञ्चालन समिति र गैडहवा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ‘सरोकारवालाविच गिद्द संरक्षण सम्बन्धी अन्तरक्रिया’ कार्यक्रम गरिएको छ । रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल परिषरमा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्याक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्द संरक्षणको लागि प्रदेश सकरारले विशेष कार्ययोजना बनाएर अगाडी बढ्ने बताएका छन् ।
यस्तै कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले आफ्नो गाउँपालिकाको पहिचानको रुपमा रहेको जटायुँ रेष्टुरेन्ट सञ्चालनको लागि गाउँपालिकाले विशेष योगदान दिने बताएका थिए । कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघ काठमाण्डौका परियोजना अधिकृत भुपाल नेपालीले गिद्दको महत्व, यसले प्रकृतिमा पु¥याएको योगदान र स्थानिय सरोकारवाला निकायले गर्नुपर्ने कार्यहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जटायुँ रेष्टुरेन्ट सञ्चालन समितिका संयोजक डम्बर बहादुर क्षेत्री, पुर्व संयोजक बाबुराम मल्ल, ठाकुरदार वन कार्यलयका रेन्जर कृष्ण सुवेदी, कञ्चन गाउँपालिका–३ का अध्यक्ष नगेन्द्र बहादुर लामिछाने, सचिव सूर्य अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी