ट्रेंडिंग:

>> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत >> नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु >> संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र

न्यायाधीश–वकील नयाँ ऐन पढ्नमा व्यस्त

१७ भाद्र २०७५, आईतवार
१७ भाद्र २०७५, आईतवार

जिल्ला न्यायाधीश रामचन्द्र पौडेल सहित अधिवक्ताले भदौ १ गतेदेखि मुलुकी देवानी तथा फौजदारी (संहिता) ऐन २०७४ लागू भएपछि ऐन अध्ययनमा व्यस्त छन् । पुरानो ऐनमा के कस्तो व्यवस्था छ भन्ने जानकारी सबैलाई थियो ।नयाँ ऐनमा उल्लेख भएका कानूनी व्यवस्थाको बारेमा जान्न पढ्नुपर्ने भएको हो । दसकौदेखि न्याय क्षेत्रमा क्रियाशील न्यायाधीश र अधिवक्ताले अध्ययन नगरी काम गर्न गाह्रो हुने भएको हो । ८२ वर्षीय टंकप्रसाद पोखरेल २०२७ सालदेखि अधिवक्ताको काम गर्दै आएका छन् । यस अवधिमा उनले मुलुकी ऐन कन्ठ नै गरेका थिए । मुद्दा लेखेपछि अदातलको बारमा बहस गर्दा सजिलो थियो । कुन दफाका के उल्लेख छ भनेर ऐन नै पल्टाएर हेरेर मुद्दा लेख्ने गरेको बारका जिल्ला अध्यक्ष पोखरेलले बताए । ‘कानुन पुरानै हो, सजाय, दफा र नाम फरक रहेछ । किताब पढ्दैछु,’ उनले भने । ‘उमेर बूढो भएपनि जोश र अध्ययनको जा“गर उस्तै छ । चश्मा लगाएर ऐनका पाता पल्टाएर पुरानो र नया“मा के फरक रहेछ हेरिरहेको छु,’ उनले भने । सबै अधिवक्ता आफ्नो कार्यालयमा ऐन पल्टाएर बसेका छन् । अदालत सुनसान छ । पुराना मुद्दाको पनि बहस भएको छैन । अदालतका कर्मचारी सबै फुर्सदिला छन् । १ सय ६५ वर्षे मुलुकी ऐन विस्थापितपछि कार्यान्वयनमा आएको नया“ कानुनबारे सबै प्रस्ट छैनन् ।
न्यायाधीश पौडेल चेम्बरमा बसेर नयाँ ऐन पढिरहेका छन । देवानी फैजदारी ऐन पहिला एउटै किताब थियो । अहिले अलग–अलग किताब बनाइएको छ । अलग भएपछि हेर्न सजिलो भएको छ । अहिले व्यक्तिको छुट्टै परिभाषा छ, पहिला जन्मिएपछि बल्ल अंश पाउने अधिकार थियो, नया“ कानुनमा गर्वदेखि अंशवण्डा गर्न मिल्छ, उनले भने । नाबालक १६ वर्षे थियो, अहिले १८ वर्षसम्म उल्लेख छ । बहुविवाहमा भिन्नता भयो । श्रीमती छ“दा छ“दै दोस्रो विवाह गरेर बहुविवाहको मुद्दा दर्ता भएपछि तीन वर्ष सजाय थियो । त्यसपछि विवाह गरेकी दोस्री श्रीमतीले मान्यता पाउँन्थ्यो ।
अहिले त्यस्तो छैन । दोस्री श्रीमती विवाह गरे बदर हुने व्यवस्था छ र ५ वर्षसम्म सजाय हुन्छ, उनले भने । नया“मा कृतिम गर्भाधानलाई मान्यता दिएको छ ।
घरायसी लेनदेन तमसुक गरेरै घरमै मिलापत्र भैरहेका थिए, अहिले स्थानीय तहमा दर्ता गर्नुपर्छ । गाइ मारेको अभियोगमा १२ वर्षै सजाय थियो, अहिले तीन वर्ष मात्रै कायम छ । त्यो बाहेक अरू सबै सजाय अवधि बढेको छ, उनले भने । अहिले दण्ड सजायमा सुधारात्मकको नीति छ ।
धेरै दफा र सजाय फेरबदल भएका छन् । सबै अध्ययन गर्नुपर्छ । नया“ ऐनका किताब अध्ययन गरिरहेको छु, पौडेलले भने । मुद्दा छिनोफानो गर्दा कुन अपराधको सजाय व्यवस्था कति दफामा के छ भन्ने कुरा जानकारी थियो । अहिले छैन, पढनैपर्ने भएकाले ऐन पढिरहेको पौडेलले बताए । धेरै कानुनमा खासै समस्या छैन, उनले भने, अपराध पीडितलाई क्षतिपूर्ती भराउने विषयमा न्याय सम्पादनमा केही अन्योल छ । बिस्तारै अभ्यासपछि सबै सहज हुन्छ । फेरी ऐनका सबै पाना पल्टाएर पढिरहेको उनले बताए ।
गत आर्थिक वर्षको असारसम्म ६२ थान मुद्दा फैसला हुन बा“की थिए । साउन महिनामा ४४ थान दर्ता भएका छन् । एक सय ९ थान मुद्दा मध्ये १२ थान फैसला भैसकेका छन् । अब बाँकी ९४ थान छन्, पहिलेकै कार्यविधि अनुसार फैसला हुन्छन, उनले भने ।
नया“ संहिताबारे काठमाडौंमा दुई दिने तालिम भयो । बाँकी स्वअध्ययन गर्नुपर्छ, मैले अहिले पढिरहेको छु, उनले भने । वर्षौदेखि काम गर्दै आएका अधिवक्ता पनि अलमलमै छन् । वारका उपाध्यक्ष अधिवक्ता विजय खत्रीले देवानी, फौजदारी सहितका कानुन सम्बन्धी किताब किन्न बुटवल गएको बताए । दस हजार आठ सय रूपैया“का किताब किनेको बताए । सबै दफा र बु“दा घोकेर कण्ठ पार्ने उनले बताए ।
अदालतमा अधिवक्ता पवित्रा भट्टराई कुर्चीमा यत्तिकै बसिरहेकी थिइन । वैधानिक वकिल हँुदा महिनामा २० देखि २८ वटा मुद्दा लेखिन । अहिले वैधानिक वकिल छैनिन् । १ गतेदेखि मुद्दा आएका छैनन । नया“ ऐनबारे बुटवलमा बार एसोसिएसन केन्द्रले आयोजना गरेको दुइ दिने र सन्धिखर्कमा एक दिने तालिममा भाग लिइन । मुद्दा आएपछि प्राटिक्स गर्दा सहज होला, अध्ययन गर्नुपर्छ, उनले भनिन । उनी कानुनमा स्नातक गरेर वकिल पेशामा छिरेकी नया“ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission