ट्रेंडिंग:

>> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत >> नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु >> संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र

वर्षमा ६ हजारलाई नागरिकता

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

इलाका प्रशासन कार्यलय चन्द्रौटाबाट आर्थिक वर्ष २०७४।०७५ मा ५ हजार ९ सय ५० जनाले नयाँ नागरिकता पाएका छन् । एक वर्षको अवधिमा बंसजकै आधारमा नागरिकता लिने सबैभन्दा बढी रहेको शाखा अधिकृत जगदीश अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार बंसजकै आधारमा नागरिकता लिने ५ हजार ३ सय ९८ जना रहेका छन् । यस्तै ५ सय ५० ले वैवाहिक अंगीकृत र २ जना अंगीकृत नागरिकता लिएका छन् –उनले भने । चन्द्रौटा प्रशासनबाट १ हजार १४ जनाले प्रतिलिपि नागरिकता प्राप्त गरेको अर्यालले जानकारी दिए । त्यस्तै ४४ जनाले नाबालक परिचय पत्र, ५ सय ३९ जनाले दलित जनजाति प्रमाणित, ५ सय २९ जनाले विविध प्रमाणित गरेको अर्यालले बताए । इलाका प्रशासन कार्यालय चन्द्रौटामा एक वर्षको अवधिमा १ सय २४ वटा ठाडो उजुरी आएको अर्यालले बताए । शाखा अधिकृत अर्यालकै नेतृत्वमा एक वर्षको अवधिमा ११ पटक वजार अनुगमन गरेको जनाइएको छ । वैवाहिक अंगीकृत नागरिकता लिने अधिकांश भारतीय मूलका महिला छन् । अर्यालका अनुसार चालु आर्थिक वर्षको २०७५÷०७६ को साउन महिनामा मात्र वंशजको आधारमा ४ सय ९, वैवाहिक अंगीकृत ४१ जना र नागरिकता प्रतिलिपी लिनेको संख्या १ सय २२ रहेको अर्यालले जनाएका छन् ।

चन्द्रौटाबाट द्रूत राहदानी सेवा
चन्द्रौटा (कपिलवस्तु), १५ भदौ– कपिलवस्तुको विजयनगर गाउँपालिका ४ का दिपक मल्ल स्थानीय स्तरमै सजिलै राहदानीको सिफारिस पाएपछि निकै खुशी छन् । राहदानीको सिफारिसकै लागि मात्र तौलिहवा धाउनुपर्ने बाध्यता हटेपछि उनी खुशी भएका हुन् । इलाका प्रशासन कार्यालय चन्द्रौटाले पहिलो पटक विहीबारबाट द्रुत राहदानी सिफारिसको कार्य शुभारम्भ गरेपछि सिफारिस लिने मल्ल पहिलो व्यक्ति हुन् । अब राहदानीको सिफारिसकै लागि मात्र तौलिहवा धाउनु नपर्ने भएको छ ।
इलाका प्रशासन कार्यालय प्रमुख नरबहादुर खड्काले मल्लको राहदानीको सिफारिस गरी हस्तान्तरण गरे । जिल्ला सदरमुकाम तौलिहवामा मात्र राहदानीको काम हुने हँुदा जिल्लाका पश्चिमी क्षेत्रका नागरिकले सास्ती बेहोर्नु परेको थियो । स्थानीयको समस्यालाई मध्यनजर गर्दै राहदानीको सिफारिस चन्द्रौटाबाट वितरण कार्य सुरु गरिएको प्रमुख खड्काले बताए । काठमाडौं गएर राहदानी बनाउनेले अब सिफारिसकै लागि तौलिहवा धाउनु पर्दैन – खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission