© २०२३
नेवार समुदायहरूले यसवर्ष बुटवलमा आफनो धार्मिक, सांस्कृतिक परम्परालाई भब्य रूपमा मनाएका छन् । सधैको वर्षभन्दा यसवर्ष विभिन्न जिल्लाबाट बुटवलमा लाखे नाच निकालियो भने यसैजिल्लामा समेत धेरै टोलका स्थानीय समितिहरूले समेत चोकचोकमा लाखे नाच निकाले । पितृको सम्झनामा मनाउने महŒवपूर्ण सांस्कृतिक पर्व गाईजात्रा समेत सामूहिक तथा एकल रूपमा बुटवलमा निकालियो । वर्षदिनभरि मृत्यु भएका आफन्तको सम्झनामा झाँकी सहितको भजन टोलीबाट गाउँदै नगरपरिक्रमा गरि गाईजात्रा मनाइने गरिन्छ । नेवारी संस्कृति रक्षाका लागि संस्थागत रूपमा बुटवलमा पर्वहरू मनाउने थालनी गरेको श्री नेवाः पुच, नेवा समाज विकास परिषदका अध्यक्ष ज्ञानु लिगलले बताईन ।
सामूहिक रूपमा चाडपर्व मनाउने परम्पराका थालनीले यस क्षेत्रका नेवार समुदायबीचमा एकता ल्याउने र आर्थिक रूपमा समेत मितब्ययी बनाएको उनले बताइन । गाईजात्राका दिन नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी भजनकीर्तनका साथ नगर परिक्रम गर्दै देवालय पुग्ने र फर्किएर घरमा आई बिर्सजन गर्ने परम्परा छ ।
यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उनले बताइन् । गाईजात्रालाई सापारु भनेर पनि मनाउने गरिन्छ । नेवारहरूको मौलिक पर्वको रूपमा रहेको र विशेष महŒव हुने हुँदा यसको संरक्षणका लागि आफूहरूले संस्थागत रूपमा काम गर्दै आएको वरिष्ठ उपाध्यक्ष काजीमान श्रेष्ठले बताए । नगर परिक्रममा गरेका बासा, आफन्तहरूलाई समुहगत रूपमा ठाउँ ठाउमाँ प्रसाद, चिसो पेय वितरण गर्ने काम पुचबाट गर्दै आएको उनले बताए ।
यसैगरि मुसीकोट नगरपालिका वामीटक्सारका नेवा बर्जु पुचले लोक संस्कृतिको जर्गेनाका साथ नाचिँदै आएको लाखे नाचलाई बुटवल बासिन्दाका माझ देखाए । नेवा पुच गुठी बुटवल–११, देविनगरले बुटवलका विभिन्न चोकहरूमा लाखे नाच प्रदर्शन गरेको छ । लोपोन्मुख लाखे नाच बचाउने उद्देश्यका साथ यसवर्षदेखि लाखे नाच प्रवद्र्धनमा आफूहरू लागेको आयोजकहरूको दाबी छ । à