© २०२३
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो सम्मेलन सुरु भएको छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा आयोजित एक भव्य समारोहकाबीच सम्मेलनको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दैै ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताएका हुन् ।
सम्मेलनमा सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ सहभागी छन् ।
सम्मेलनबाट ऊर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिमस्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने, सदस्य राष्ट्रहरूका जनस्तरमा सम्पर्क वृद्धि गर्ने कार्यक्रम ल्याउने लगायत विषयमा छलफल हुनेछ । सम्मेलन आज समापन हुनेछ । यसअघि बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको थियो ।