© २०२३
गुल्मीका नेवार समुदायमा नाचिँदै आएको लाखे नाच बुटवलमा प्रदर्शन गरिएको छ । मुसीकोट नगरपालिका वामीटक्सारका नेवा बर्जु पुचले लोक संस्कृतिको जर्गेनाका साथ नाचिँदै आएको लाखे नाचलाई बुटवलका बासिन्दामाझ देखाईएको हो । लोपन्मुख लाखे नाच जोगाउने उद्देश्यका साथ ग्रामिण भेगका नेवार समुदायहरूले विगत लामो समयदेखि जगेर्नामा लागेको नेवाः बजु पुच अध्यक्ष मोहनलाल श्रेष्ठ बताए । गाईजात्रा, जन्माष्टमी लगायतका पर्वहरूमा समुहमा ३० जना वामीका नेवारहरूले कार्यक्रमहरू गर्दै आएको उनले बताए । युवाहरूलाई नै अग्रसर गराएर संस्कृति जगेर्नामा लगाईएको उनले बताए । भक्तपुरका नेवारहरू बसाईसराई गरि मुसीकोट नगरपालिका, वामी टक्सार आएका नेवारहरूले सो क्षेत्रमा आफनो संस्कृति जगेर्ना गर्दै आएको उनले बताए । नेवार समुदायमा विगत लामो समयदेखि ऐतिहासिक लाखे नाच नाचिँदै आएको छ ।
यस वर्ष वामीबाट बुटवल बसाई गर्नेहरूलाई आफनो परम्परा सम्झाउन नाच ल्याईएको जबिन कक्षपतिले बताए । संस्कृतिका धनि नेवारहरूले वर्षभरि नै जात्रा र पर्व मनाउने गर्दछन । साउन १७ गते गाठेमंगलबाट शुरु भएको नाच विभिन्न भाग हुदै बुटवलमा ३ दिनसम्म नाचिने पुचका नबिन कक्षपतिले बताए । लाखे नाच तिजको पञ्चमीमा समापन गरिने उनले बताए । लाखे नाच शुरुभएसंगै हिन्दु धर्मावलम्बीहरूको पर्व शुरुवात भएको मानिन्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी