© २०२३
नवलपुर, १६ कात्तिक ।
नेपालीको दोस्रो महान् चाड तथा उज्यालो पर्व तिहार सुरु भैसकेको छ । कावासोतीका बलराम प्रजापतिलाई माटोको पाला बनाउन र बेच्न भ्याइनभ्याइ छ ।
उनी अझै प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त छन् । तिहारको लागि चाहिने माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याइ भएको छ ।
आफ्नो पुर्खादेखि नै माटाको भाँडाहरु बनाउने ब्यवसायमा लागेका प्रजापतिले भने, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ ।” दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरूको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने गरेको प्रजापतिको भनाई छ ।
प्रजापतिले यस वर्षका लागि चालिसदेखि साठी हजार पाला बनाइसकेको बताए । आफ्ना बाबु बाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उनको भनाई छ । पुर्खाको पेसालाई धान्दै प्रजापतिले विगत ५० वर्षदेखि व्यावसायिक रूपमा माटोका सामान बनाउँदै आउनुभएको छ । अबका दिनमा भने ब्यापार नै हराउने भन्ने कुराले चिन्तित बनाएको छ ।
सिजनअनुसार माटोका सामानहरू बनाउँदै आएका उनले तिहारमा भने पालाको बजार माग पूरा हुन नसक्दा अन्य जिल्लाबाट मगाउने गरेका छन् । माटोका सामान विक्रीबाट वार्षिक ६ देखि ८ लाख आम्दानी हुने गरेको उनको भनाई छ ।
माटोको पाला प्रतिगोटा पाँच रुपियाँ र एक दर्जनको ५० रुपियाँका दरले विक्री गर्दैआएको र तयार भएका माटोको पालासहित गमला, घैँटो, खुत्रुकी, लाखबत्ती बाल्ने आरी, कोइलेटो लगायतका माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्किवाससम्म होलसेल र खुद्रामा बिक्री गर्ने गरेको प्रजापतिले बताए ।
दीपावली र छठ पर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मीपूजा र छठ आरधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी