ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

एकीकृत समाजवादीको घोषणापत्र : ओलीको दक्षिणपन्थी अवसरवादका कारण राजनीतिप्रति नै वितृष्णा  

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार
काठमाडौं, १४ कात्तिक

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतृत्वप्रति आक्षेप लगाइएको छ ।
ओलीको दक्षिणपन्थी अवसरवादका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भएको आरोप लगाएको एकीकृत समाजवादीले घोषणापत्रमा लेखेको छ, ‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो । त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।’

एकीकृत समाजवादीले ‘हाम्रो विद्रोह र पार्टी पुनर्गठन’ शीर्षकमा एमाले नेतृत्वप्रति आक्रोश र नयाँ पार्टीको जन्मबारे उल्लेख गरेको छ ।
यसबारे घोषणापत्रमा उल्लेख गरिएको छ :

२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो । त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।

त्यति मात्र होइन एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भयो, जसको कारण कम्युनिष्ट पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई नै ठुलो क्षति भयो । हामीले नेकपा (एमाले)मा व्याप्त अवसरवाद, गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास ग¥यौँ । एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्‍यौँ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन ग¥यौँ । अहिले हामी ।।।कलम’ चुनाव चिन्ह लिएर यहाँहरूमाझ आएका छौँ ।

देशका तमाम गरिब, मजदुर, किसान, मध्यमवर्ग र राष्ट्रिय उद्यमी सबैका मनमा कम्युनिष्ट आन्दोलनले जुन आशा र भरोसा जगाएको थियो, त्यसलाई हामी पुनः जागृत र विकसित गर्न चाहन्छौँ । हामी कम्युनिष्ट आन्दोलनमा नयाँ पुनर्जागरण ल्याउन चाहन्छौँ र त्यसमार्फत् व्यापक पुनर्गठन गर्न चाहन्छौँ । नेपाली समाजको आमूल परिवर्तनका लागि सही विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा सोहीअनुसारको सब्गठन, नेता–कार्यकर्ताहरूको असल आचरण र कार्यशैली भएको कम्युनिष्ट पार्टीको आवश्यकता आज सबै प्रगतिशिल तथा क्रान्तिकारी जनसमुदायले गरिरहनुभएको छ । सही कार्यक्रमका आधारमा मात्रै व्यापक स्तरमा कम्युनिष्ट एकता सम्भव हुन सक्छ । जालझेल, षड्यन्त्र, झुठा आश्वासन र तिकडमका आधारमा गरिने पार्टी एकता वा नेतृत्व कब्जाबाट कम्युनिष्ट आन्दोलनको पुनर्गठन हुन सक्दैन । यही बुझेर नै हामीले बुलन्दीका साथ विद्रोहको झन्डा उठाएका हौँ । तत्कालिन नेकपा (एमाले) बाट गरिएको हाम्रो विद्रोह देशको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको दलदलबाट जोगाउनका लागि थियो । नेकपा (एमाले) को नेतृत्वमा देखापरेको विचारहिनता, चरम दक्षिणपन्थी विचलन, व्यक्तिवाद, अहंकारवाद, गुटवाद, नेतृत्वतहबाटै संस्थागत र नीतिगत भ्रष्टाचारका साथै भ्रष्टाचारीहरूको संरक्षण र निरब्कुश कार्यशैलीका विरुद्ध विद्रोह गरी हामीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेपछि वैधानिक राजनीतिक दलका रूपमा नेपाली जनताका अगाडि उपस्थित भएका छौँ ।

हामी नेपाली लोकतन्त्रलाई निरन्तर सुदृढ, समृद्ध र जनमुखी बनाउन चाहन्छौँ । जननेता कमरेड मदन भण्डारीले भन्नुभएको थियो । लोकतन्त्र कानमा लगाउने कुण्डल होइन अर्थात् लोकतन्त्र प्रदर्शन गर्ने गहना मात्रै होइन, यो जनताको जीवनमा लागु हुनुपर्दछ ।

जबसम्म मानिसको पेट भोकै रहन्छ, बोल्ने–लेख्ने र सभा–सब्गठन गर्ने अधिकारको सही उपयोग नै हुन सक्दैन । बिरामी पर्दा उपचार पाउन नसक्ने अवस्थाको मानिसलाई लोकतन्त्रका अधिकार कागलाई बेल पाकेजस्तै हुन्छ । आफ्ना बालबच्चालाई विद्यालय पठाउने बेलामा साहुको घरमा कामदार राख्न बाध्य हुनुपर्ने, कानुनले अवैध भनेको बालश्रममा पठाउनुपर्ने अभिभावकका लागि लोकतन्त्रले आशा जगाउन सकेन भने अवश्य पनि निराशा बढ्न थाल्छ । रोजगारीको खोजीमा विदेशी भूमिमा पसिना बगाउन बाध्य युवा–युवतीहरूका लागि लोकतन्त्रले देशभित्रै कामको ग्यारेन्टी गर्ने बाटो देखाएमा मात्रै लोकतन्त्रलाई आम जनताले अनुभूत गर्न सक्छन् ।” यसैले हामी कम्युनिष्टहरूको परिभाषामा बोल्ने, लेख्ने, सभा–सब्गठन गर्न पाउने, योग्यताअनुसार रोजगारी पाउने, पढ्ने उमेरमा शिक्षा पाउने र बिरामी पर्दा उपचारको व्यवस्था हुनुका साथै अपांगता भएका व्यक्ति तथा बृद्ध उमेरका नागरिकहरूले सामाजिक संरक्षण पाउने व्यवस्था नै वास्तविक लोकतन्त्र हो । हामी नेपाली समाजमा यस्तै समाज व्यवस्था स्थापना गर्न चाहन्छौँ ।

हामी अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै लैजान चाहन्छौँ । हामी सबै नागरिकहरूलाई गाँस–बाँस–कपासको प्रत्याभूति, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क हुने, उत्पादनका साधनमाथि समान हक हुने, सामाजिक न्याय एवं समानता र बोल्ने, लेख्ने, सभा–सब्गठन गर्ने स्वतन्त्रतासहितको समृद्ध लोकतान्त्रिक समाज व्यवस्था अर्थात वास्तविक समाजवादी व्यवस्था स्थापना गर्न चाहन्छौँ । यही दृढसंकल्प यहँहरूसमक्ष प्रस्तुत गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?