ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

दसैँको समयमा मात्र नौ सय सवारीसाधन कारबाहीमा

४ कार्तिक २०८१, आईतवार
४ कार्तिक २०८१, आईतवार

नवलपुर, ४ कात्तिक ।

नवलपुरमा दसैँको समयमा मात्र नियमविपरीत सञ्चालन भएका नौ सय सवारीसाधनका चालक कारबाहीमा परेका छन् ।

असोज १७ देखि कात्तिक १ सम्म सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको हो ।
जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले बढी भाडा लिने, छतमा यात्रु राख्ने, झुन्डिएर यात्रा गर्ने, मोटरसाइकलमा तीन जना चढ्ने, बिनाहेलमेट हिँड्ने, नियमविपरीत सञ्चालित सवारीसाधन चालकलाई कारबाही गरिएको बताए ।

सबैभन्दा धेरै ३५२ मोटरसाइकल कारबाहीमा परेका छन् । त्यस्तै २४२ ट्रक, १७७ कार जिप, ५३ बस, ३७ ट्याक्टर र ३७ अन्य सवारीसाधन कारबाहीमा परेका हुन । चाडपर्वको समयमा यात्रुको चाप बढी हुने, छतमा झुन्डिएर यात्रा गर्ने र मादक पदार्थ सेवन गरेर सवारीसाधन चालाउने काम भइरहेकाले त्यसलाई कडाइका साथ जाँच गरिएको बन्जराको भनाइ छ ।
यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना कारबाहीमा परेका छन् । क्षमताभन्दा बढी बोकेका ७९ सवारीलाई कारबाही गरिएको छ ।

यसबाट सात लाख १७ हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक बन्जाराले बताए । ‘सुरक्षित सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी, सवारी दुर्घटना न्यूनीकरणका लागि गाउँ गाउँमा ट्राफिक प्रहरी’ भन्ने मूल नाराका साथ प्रहरीले अभियानलाई तीव्रता दिएको हो ।

दसैँतिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले जाँचलाई तीव्र पार्नुका साथै यस अवधिमा १६४ वटा जनचेतनाका कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रहरी निरीक्षक बन्जाराको भनाइ छ । भिडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी बढाउँदा सर्वसाधारण कम ठगिएको बन्जराको दाबी छ ।

यात्रुको गल्ती, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र खराब सडकले बढी सवारी दुर्घटना हुने गरेको पाइन्छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा आराम कक्ष (रिफ्रेस सेन्टर) को व्यवस्था गरेको छ । लामो दुरीका सवारीसाधन जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको रिफ्रेस सेन्टरमा एक घण्टा आराम गरेर गन्तव्यमा आवतजावत गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission