© २०२३
प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीबाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् ।उनी नेकपाको तर्फवाट प्रतिनिधित्व गर्दछन् । सोमबार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उनलाई सभापतिमा चयन गरेको हो । जेष्ठ सदस्य बाबुराम गौतम, सभामुख पूर्णबहादुर घर्ती मगर सहितको बैठकले उनलाई सभापतिमा चयन गरेको हो । सोमबार नै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराएका छन् । समितिमा ११ जना प्रदेश सभा सदस्यहरूको प्रतिनिधित्व रहेको छ ।à