ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

करोडका चिस्यान केन्द्र ‘झाडीमा’

प्रविधिर जनशक्ति अभावको कारण देखाउँदै स्थानीय तहले सञ्चालन गर्न नसक्दा करोडौ लागतमा निर्माण भएका चिस्यान केन्द्र प्रयोग विहिन हुँदा झाडीमा परिणत भएका छन् ।
१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

प्युठान, ०१ असोज ।
प्रदेश सरकारको लागत साझेदारीमा करोडौं खर्चेर निर्माण गरिएका प्यूठानका चिस्यान केन्द्र (कोल्डस्टोर) प्रयोग विहिन भएका छन् । चिस्यान केन्द्र सञ्चालन नहुँदा जिल्लामा उत्पादित कृषि उपज जिल्ला बाहिरका चिस्यान केन्द्रमा पु¥याउनु पर्ने बाध्यता छ । चिस्यान केन्द्र सञ्चालन गर्न स्थानीय तहले गर्न नसक्दा किसानको लागत बढेको छ ।

जिल्लामा प्यूठान नगरपालिका ४ को बिजुवारर माण्डबी गाउँपालिका ३ को देविस्थानमा २०७७ सालमा चिस्यान केन्द्र स्थापना भएको थिए । दुबै स्थानमा स्थापना भएका चिस्यान केन्द्र एक वर्ष पनि सञ्चालन नभइ अलपत्र अवस्थामा छन् ।

प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले पुरानो प्रविधिको चिस्यान केन्द्र त्यो बेला निर्माण गरिएकाले सञ्चालनमा समस्या भएको बताए । ‘निर्माण गर्ने प्राविधिक नै पाइएन, प्रयोग गरिएका प्रविधि पनि फेज आउटवालारहेछन्’ योगीले भने, ‘नगरपालिकाले सञ्चालनको चाहनाराख्दाराख्दैपनि सञ्चालन गर्ने अवस्था छैन् ।’ चिस्यान केन्द्रमा प्रयोग गरिएका प्रविधिको सञ्चालनको लागत पनि अत्यधिक बढी भएका कारण चिस्यान केन्द्रको सञ्चालनमा समस्या भएको उनको भनाइ छ । नगरपालिकाले लुम्बिनी प्रदेश सरकारसंगको लागत साझेदारीमा १ करोड ५० लाखको खर्चेर १ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र बनाइएको थियो । प्रदेश सरकारकै लागत साझेदारीमा माण्डवी गाउँपालिकामा १ करोड १२ लाख ५८ हजार लागतमा यहाँ पनि १ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण भएको थियो ।

क सिजनमा जिल्लाका आलुराख्न पाउँदा जिल्लाका किसान निकै खुशी भए । तर खुशी धेरै समय टिक्न सकेन ।राखिएको आलु उम्रिएर विउ समेत जोगाउन समस्या भएपछि केन्द्रमा कृषि भण्डारण गर्न छाडिएको थियो । आफु जनप्रतिनिधी भएर नआउँदै बन्द भइसकेको चिस्यान केन्द्र तत्काल सञ्चालनमा ल्याउन नसकिने माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोसन)ले बताए । ‘पालिकाको जनशक्तिले भ्याउदैन’ उनले भने, ‘बनाउने प्राविधिक जनशक्ति पाइदैन ।’ प्रदेश सरकारले निर्माण गरी हस्तान्तरण गरिएको चिस्यान केन्द्रमा कमशलर काम नगर्ने प्रविधिको प्रयोग गरिदिएका कारण सञ्चालनमा समस्या देखिएको उनको भनाइ छ ।

यस्तै झिमरुक गाउँपालिकाले स्थापना गर्न थालेको चिस्यान केन्द्रको डिजाइनमा समस्या हुँदा सञ्चालनमा ढिलाइ भएको छ । २ करोड ३९ लाखमा निर्माण भएको चिस्यान केन्द्र थ्रि फेज विद्युतीय लाइनर जेनेरेटर स्टिमेटमा नहुँदा भवन निर्माण भएर पनि सञ्चालनमा ल्याउन नसकिएको झिमरुक गाउँपालिकाका इञ्जिनियर असोक जि.सीले बताए । चालु आर्थिक वर्ष सञ्चालनमा आउने उनको भनाइ छ ।

जिल्लामा चिस्यान केन्द्र सञ्चालन नहुँदा आफूहरूले धेरै समस्या भोग्नुपरेको झिमरुक गाउँपालिका–३ आहालखोलाका किसान नविन के.सीले गुनासो गरे । उनले दाङको लमहीरहेको चिस्यान केन्द्रमा ७ सय किलो टिपिएस आलुको मुल विउ भण्डारका लागि महँगो भाँडा तिरेर लग्न परेको गुनासो गरे । प्युठान नगरपालिका–४ विजुवार स्थित चिस्यान केन्द्रमाराख्दा प्रति के.जी. २ रूपैयाँ लागत लाग्नेमा दाङ पु¥याउनुपर्दा ८ रूपैयाँ एकतर्फि लागत लाग्ने गरेको उनले बताए । झिमरुक गाउँपालिकाको हरियाली आहालखोला कृषक समुहबाट १ लाख ५० हजार के.जी. आलु भण्डारणका लागि किसानले लमहीमा पु¥याइएका छन् । चिस्यान केन्द्र नजिक नहुँदा चोथर्फी मारमा परेको किसानहरूको गुनासो छ ।

गाउँमा उत्पादन भएको उन्नत जातका आलु जिल्ला बाहिरराखेर एकै पटक ल्याउनुपर्दा विउ आलुलेराम्रो भाउ नपाउने किसानले गुनासो गर्दछन् । जिल्लामा चिस्यान केन्द्र सञ्चालनमा नभएकाले धेरै उत्पादन गरेर व्यवसायिक कृषि गर्ने किसान मात्र नभएर थोरै उत्पादन गर्ने किसान समेत मारमा परेका छन् । प्युठान नगरपालिका–७ टिकुरीका माधव के.सीले ५० के.जि. आलुको विउको लागि प्रत्येक वर्ष जिल्ला बाहिर पठाउनु पर्ने बाध्यतारहेको बताए ।

स्थानीय तहहरूले चिस्यान केन्द्र सञ्चालनका लागि सरोकारवाला संघसस्थासँग समन्वय गरेर सञ्चालन गर्न केसीले मागराखे । जिल्लाका उत्पादित फलफूल तरकारीको गुणस्तर नबिग्रने गरी लामो समयसम्मराख्नका लागि चिस्यान केन्द्र निर्माणको माग हुँदै आएको छ । पटक-पटक किसानले डेलिगेशन मार्फत चिस्यान केन्द्र सञ्चालन गर्न मागराख्दै आएका छन् । निर्माण भएर पनि अलपत्र पर्ने समस्याले किसान चिन्तित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?