ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

नागरिकताभन्दा राहदानी बनाउने धेरै 

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार
नवलपुर, भदौ २८ गते । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो रहेको छ । वैदेशिक रोजगारीप्रतिको आकर्षणले नवलपुरबाट राहदानी लिनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार नागरिकताभन्दा राहदानी बनाउने दोब्बर छन । उच्च शिक्षा अध्ययन गर्न जाने युवा, श्रीमान् विदेशमा हुनेका श्रीमती भेटघाटका लागि, छोराछोरी विदेश भएकाका आमाबुवा घुमफिरमा जानका लागि राहदानी बनाउन आउने गरेका कारण पनि राहदानी लिन आउनेको सङ्ख्यामा वृद्धि हुने गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
नवलपुरमा आर्थिक वर्ष २०८०/८१ मा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको बताएका छन । गत आवमा १६ हजार ९०७ वटा राहदानी वितरण गरिएको छ । राहदानी लिनेमध्ये पुरुष १० हजार ३६ जना, महिला छ हजार २७७ जना र नाबालक ५६४ जना रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलकाे भनाइ छ ।
जिल्लामा गत आवमा नयाँ नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या आठ हजार ९४६ जना छ । जसमध्ये महिला चार हजार ५३५ र पुरुष चार हजार ४११ छन् । त्यसै गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिनेको सङ्ख्या आठ हजार ३६० रहेको बताइएको छ । गैरआवासीय नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या ३४ रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
जिल्लाबाट राहदानी बनाउनेलाई अनिवार्य रूपमा सूचना प्रदान गर्ने गरिएको र जिल्लामा सञ्चालित कार्यक्रममार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सिप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको सुरक्षित आप्रवासन सामीका परामर्शकर्ता रञ्जना लम्सालले बताइन ।
राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा २०८०/८१ मा कुल नौ करोड ८५ लाख ३३ हजार ३७० रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा राहदानीबापत कुल नौ करोड एक लाख ३२ हजार ५०७ रुपियाँ राजस्व सङ्कलन भएको थियो भने प्रशासनिक दण्ड जरिबानाबापत ७५ लाख ९४ हजार ८८३ रुपियाँ, संस्था दर्ता तथा नवीकरणबापत छ लाख ६५ हजार १५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?