ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

‘आत्महत्याबिरुद्ध सबैको ऐक्यबद्धता’

२५ भाद्र २०८१, मंगलवार
२५ भाद्र २०८१, मंगलवार

‘संवाद सुरु गरौं, दृष्टिकोण बदलौं, सिर्जनात्मक र सकारात्मक भावनाको विकास गरौं’ भन्ने बृहद् नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस आज मनाईदैछ । हरेक वर्षको सेप्टेम्बर १० को दिन यो दिवस मनाउने गरिएको छ । आत्महत्या रोकथाम दिवस मनाउँदै गर्दा पछिल्लोसमय आत्महत्याको डरलाग्दो तथ्याँकले सबैलाई चिन्तितसंगै आश्चर्यचकित बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको छ । विश्वव्यापीरूपमा हुने आत्महत्यामध्ये करिव ७७ प्रतिशत आत्महत्याका घटना गरिव, निम्न र मध्यम आय भएका देशहरूमा हुने गरेको छ । यो भनेको गरिव र विपन्न परिवारका मानिसले आत्महत्या धेरै गर्छन भन्ने प्रमाण हो । नेपालमा हुने आत्महत्याको तथ्याँक हेर्दा पनि गरिवीकै कारण आत्महत्या धेरै हुने गरेको छ । बढ्दो आत्महत्याका घटना नियन्त्रण गर्न सर्वप्रथम देशको बाताबरण राम्रो हुनुपर्दछ । देशको आर्थिक अवस्था बलियो भयो भने व्यक्तिको पनि आर्थिक अवस्थामा सुधार आउँछ । आर्थिक अवस्थामा सुधार आउँदा आत्महत्याका घटना नियन्त्रणमा सहयोग पुग्छ । नेपालमा पछिल्लोपटक सार्वजनिक भएको तथ्याँक अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा ७ हजार दुई सयजनाले आत्महत्या गरेका छन । एक बर्षमा यतिधेरै आत्महत्याका घटनाले गंभीर चिन्ता थपेको छ । मानसिक समस्या, प्रेम सम्बन्ध, आर्थिक समस्या, गरिवी, पछौटेपन, अज्ञानता, रोग, स्वास्थ्य जोखिम लगायत अन्य धेरै कारणबाट पनि मानिसले आत्महत्या गरिरहेका छन । यी सवै समस्याको एउटै समाधान छैन तर बढ्दो आत्महत्याको रोकथाम भने हुन सक्छ । आत्महत्या रोकथाममा सरकार, सम्बद्ध निकाय, विभिन्न सामाजिक संघ संस्था, परिवार लगायतको महत्वपूर्ण भूमिका हुनसक्छ । तसर्थ आत्महत्याको बढ्दो चुनौतिको सामना गर्दै समाधानको उपायको खोजीमा लाग्नु हामी सवैको जिम्मेवारी र कर्तब्य हो ।

आत्महत्याका घटना बढ्नुमा घरायसी समस्या, आवेग, दीर्घरोग, प्रेममा वियोग लगायतका कारण जिम्मेवार रहेको प्रहरीको भनाई छ । तुलनात्मक रूपमा ४० वर्ष माथिका मानिसले बढी आत्महत्या गर्ने गरेको देखिएको छ । आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था आउँदा आत्महत्याका घटनामा बृद्धि हुनु चिन्ताको बिषय हो । यस्तै पछिल्लोसमय आत्महत्या गर्ने किशोर–किशोरी पनि बढेका छन् । मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा पनि आत्महत्या बढेको छ । समस्यामा परेको बेलामा उचित सल्लाह र साथ नपाएपछि आत्महत्याको संख्या बृद्धि भएको देखिएको छ । एक्लै बस्ने प्रचलन, एकको पीरमर्का अर्कालाई नभन्ने प्रवृत्ति बढेकाले पनि आत्महत्याको दर बढेको छ । यी सवैको एउटै समाधान त छैन तर आत्महत्याको नजिक पुगेकाहरूलाई बलियो आत्मविश्वास र प्रोत्साहन दिने हो भने आत्महत्याका घटनामा कमी आउने निश्चित छ । पारिवारीक बिछोडले पनि आत्महत्याको घटनामा बृद्धि भएको छ । श्रीमान बिदेश जाने र श्रीमती घरमै बस्दा श्रीमान श्रीमतिबीचको सम्बन्ध टाढिँदा पनि आत्महत्याका घटना बढेको देखिएको छ । पछिल्लोसमय विवाहित महिलाहरूले बढी आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ । तसर्थ बैदेशिक रोजगार पनि आत्महत्या बढ्नुको कारणमध्ये एक हो । पारिवारिक बिछोड आत्महत्याको मूख्य कारणमध्ये एक हो । तसर्थ स्वदेशमै रोजगारीको सिर्जना हुन सके आत्महत्या रोकथाममा सहयोग पुग्छ भन्दा अन्यथा हुँदैन । आत्महत्या रोकथामका लागि हामी सवैको ऐक्यबद्धता जरुरी छ । यो बर्षको नाराले भनेजस्तै अव संवाद सुरु गरौं, दृष्टिकोण बदलौं, सिर्जनात्मक र सकारात्मक भावनाको विकास गरौं । हाम्रो समाजलाई सकारात्मकतातर्फ डो¥याउने प्रण हामी सवैले गर्नु जरुरी छ । यद्यपि आत्महत्याको दर घटाउनु विश्वव्यापी चुनौतिको कुरा हो तरपनि प्रयास गर्ने हो भने असम्भव केही छैन । आत्महत्याबिरुद्ध सवैको ऐक्यबद्धता अवको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission