© २०२३
नवलपुर, ७ भदौ ।
पूर्वी नवलपरासीको कावासोतीमा नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले शुक्रबार पेट्रोल पम्मको शिलान्यास गरेको छ ।
जिल्ला सदरमुकाम कावासोती स्थित फलफूल चोकमा रहेको १ बिगाहा २ कठ्ठा १७ धुर पूर्व पश्चिम राजमार्ग किनारको प्रहरीकै जग्गामा स्थापना हुने पेट्रोल पम्पको प्रहरी अतिरिक्त महानिरिक्षक टेक प्रसाद राईले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा राईले प्रहरीले स्थापना गर्ने पेट्रोल पम्मको आम्दानी पारदर्शी ढंगले स्कुल,अस्पताल जस्ता जन हितकारी कार्यमा खर्च हुने बताए ।
प्रहरीको पम्प हर समय संचालनमा रहने हुँदा जस्तो सुकै अवस्थामा पनि जनताले यसबाट सेवा लिन सक्ने भएकाले यसको सम्वर्धनमा सबैको साथ आवश्यक रहने कुरामा राईले जोड दिए ।
कूल १० करोड ९९ लाख ५४ हजार १ सय ६५ रूपैयाँ लागतमा सम्पन्न हुने उक्त पेट्रोल पम्पमा फ्युल स्टेशन, बिद्युुती सवारी चार्जिङ स्टेशन,सवारी मर्मत केन्द्र,पार्किङग लगायतका १६ ओटा अत्यावश्यकीय संरचनाहरू बन्नेछन् ।
यही भदौ २ गते सम्झौता भई आगामी २०८२ साउन महिना भित्र कार्य सम्पन्न गर्ने गरी तेजस्वी जेभी,चौरी देउराली ५ काभ्रेले उक्त नमूना पेट्रोल पम्प निर्माणको जिम्मा लिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी