Butwal Today

पशुपतिमा चलेको कोटिहोमः भ्रम र सत्यता

३१ श्रावण २०८१, बिहीबार
अ+
अ-

‘प्यार से बोलो ना राधे राधे, मस्ती से बोलो ना राधे राधे’ । गएको साउन १ गते देखि काठमाण्डौ पशुपतिमा कोटिहोम चलिरहेको छ । यो कोटिहोम यही साउनको ३२ गते सकिँदै छ । कोटिहोम किन र केका लागि सन्चालन हुंँदैछ भन्ने बिषयमा मानवसेवा फाउन्डेसनका व्यवस्थापक लीलामणीरमण निरौलाले जानकारी गराएका थिए । हिन्दु धर्मको संरक्षण गर्ने मुख्य उद्देश्य राखिएको यस कोटिहोमले एक किसिमको इतिहास रच्न सफल भएको छ । जतिसुकै क्रान्तिकारी भाषण दिएपनि धर्ममा बिश्वास नगर्ने मानिस कमै छन् । यहाँंसम्मकी ठूलाठूला शल्यक्रिया गर्ने डाक्टरलेसम्म हाम्रो कोसिस रह्यो बाँंकी भगवानको हातमा भन्न भ्याउंँछन । १०८ श्रीमदभगवत बिश्व कल्याण मासिक ज्ञान महायज्ञमा देश बिदेशका चर्चित कथावाचक अनिरुद्राचार्यदेखि देवी प्रतिभा लगायत थुप्रैको उपस्थिति रहयो । बिभिन्न उद्देश्य राखेर संचालन गरिएको महायज्ञमा मुलुकका कलाकार र भक्तजनहरूको बाक्लो उपस्थिती देखियो । हामी बिभिन्न धर्ममा आस्था राख्नेहरूका आ– आफ्ना चालचलन तथा रितिथिती हुन सक्छन । जे भएपनि यस पटकको पशुपतिमा लगाइएको कोटिहोमले इतिहास रच्न सफल भएको आंँकलन गर्न सकिन्छ ।

श्री पशुपति कोटिहोममा आउनुहोस, भगवानको दर्शन गरौँं पाप कर्मलाई पखालौं भन्दै माता राधिका र प्रतिभाले एकै साथ आव्हान गरेका थिए । केही मिडियाहरूले पशुपति कोटिहोम धर्मको नाममा ठगी र लुट भनेर समाचार लेख्न भ्याए । तर पनि भक्तजनको आकर्षण घटेन बरु उपस्थिती बढ्दै गयो । महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रूपमा नियमित हवन, पांँच हजार एकसय दिव्य कलश पुजन, चारवेद पाठ, ११ हजार बढी बालिकाको कन्या पुजन, हजारौंँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचन चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रूपमा सन्चालन हुने भनि शुरुमै ब्यवस्थापक निरौलाले जानकारी गराएका थिए । यो सबै काममा कति सम्भव भयो भएन समिक्षा गर्न बांँकी नै होला । जे होस महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गरेर धेरैलाई चकित पारे ।

ललितपुरको बाँंडेगाउँंमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चांगुनारायणमा सञ्चालित छोरीको घर तथा ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण निम्ति सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको निरौलाले बताएका थिए । मानवसेवा फाउन्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर तथा ज्येष्ठ नागरिक आश्रम सन्चालनमा रहेका छन । स्थापना भएको एक बर्ष मात्र भएको र उक्त मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अविभावकविहीन बालबालिकाले निशुल्करूपमा गास, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएको निरौलाले बताएका थिए ।

त्यस्तै छोरीको घर तथा ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसहारा आमा बुवाले आश्रय प्राप्त गर्दै आएका छन । हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भैरहेको उनले जानकारी गराएका थिए । यो कोटिहोमबाट र देश बिदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँं भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुवाले स्याहार, सत्कार र असल संँस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको उनले कोटिहोमको शुरुमै बताएका थिए । मानव सेवा फाउण्डेसन नेपालले पशुपति क्षेत्र, वनकाली हंस मण्डपमा चलेको कोटिहोम महायज्ञमा आमभक्तजनलाई निशुल्क तथा सशुल्क विभिन्न सेवा गर्न सकिने अवसर प्रदान गर्ने जनाइएको थियो । सशुल्क सेवातर्फ कोटिहोम महायज्ञको सदस्यता सेवा, साधारणकर्ता सेवा, विशेषकर्ता सेवा, गुरुहरूको दक्षिणा खर्च सेवा, एकदिनको बिहानी, दिवा, सायनकालिन प्रसाद सेवा गर्न सकिने बताइएको थियो ।

कोटिहोममा नाम चलेका दर्जन बढी प्रख्यात कथा वाचकहरूले प्रवचन दिए । सदावहार सबैबाट रुचाइएकी राधिका दासीको भागवतमा उल्लेख्य वाणीले र शिव पुराण कथाले भक्तजनलाई लठ्ठै पारेको देखिन्थ्यो । देश विदेशमा ख्याती प्राप्त देवी प्रतिभाको श्रीमद भागवत कथा महापुराणको प्रवचन साथै राम कथा वाचनले कोटिहोममा भक्तजनको घुइँंचो सम्हाल्न हम्मे हम्मे परेको देख्न सकिन्थ्यो । लण्डन देखि प्रवचन दिन आएकी चन्द्रकला सखी बिश्व प्रख्यात कथा वाचिका हुन । राम कथा वाचन गरेर सबैलाई उनले लठ्ठै पारेकी थिइन । भारतका चर्चित कथावाचक अनिरुद्राचार्यले एक दिनको लागी आएर कथा वाचन गरे भक्तजनहरूको बिमानस्थल देखिनै थामीनसक्नुको भिड देखियो ।

सबैभन्दा अनौठो त यो कोटिहोममा के देख्न सकियो भने जातीय नारा लगाएर नथाक्नेको भिडमा, त्यसैमा धर्मको नाममा तल्लो जात भनेर मन्दिर पस्न रोक्ने र गाउँघरमा कुवाको पानी छुन नदिने कथित तल्लो जात भनेर परापूर्वकालदेखि थिचिंँदै मिचिँदै आएका शुद्र जसलाई घले गाउँमा होमस्टे चलाएका घरमासम्म छिर्न दिइँदैन । तिनै शुद्र जातीका आचार्य पण्डित कृष्ण दमाईंलाई मन्चको गद्दीमा राखेर दुबोको माला पहिराएर कथा भन्न लगाइयो । कथामा उनले आफुले भोगेका जीवन कथा ब्यथा सुनाए । जसले गर्दा मुलुकमा गणतन्त्र आयो भन्दै गर्दा केही परिवर्तन भयो कि भन्ने भान धेरैमा परेको छ । दमाईले भनेका थिए जन्मले पण्डित भइने होइन कर्मले र ज्ञानले मात्रै बाह्मण र पण्डित भइन्छ । दमाईदेखि बिश्वकर्मा कोटिहोममा पुगेर प्रवचन दिँंदा माहोल अर्कै देखिएको छ । कलाकार पल शाह, बाल कलाकार आयुषा गौतम, इन्द्रेणीका कृष्ण कंडेलको टोली र पत्रकार टिकाराम यात्री लगायत दर्जनौ लोकप्रिय ब्यक्ति कोटिहोममा पुगेका थिए । समग्रमा महिला कथा बाचकको सम्मान र लुकेका प्रतिभावान शुद्र जातिका आचार्य गुरुको परिचय आदी जसले गर्दा कोटिहोमको आयोजकले राम्रै बिबेक पु¥याएको देखिन्छ ।

बालयोगेश्वर विजयकृष्ण मुख्य आयोजकका रूपमा रहेर देश बिदेशमा रहेका धार्मिक कथा वाचकहरूलाई निम्ता दिई कोटिहोममा अवसर दिने काम गरे । यही नै महान बिषय मान्नुपर्छ । कुनै उद्देश्य राखी गरिएको एक महिने कोटिहोममा प्रमुख वाचकका रूपमा श्री रामकथा चन्द्रकला सखी, देवी भागवत वाचिका डाक्टर कान्ता भट्टराई, वाचन पंण्डित दिनबन्धु पोखरेल, अन्तर्राष्ट्रिय कथा प्रवक्ता पुज्या देवि प्रतिभा, प्रसिद्ध कथा वाचिका राधिका दासी थिए भने पुनः थपिँंदै थुप्रै वाचकहरूलाई अवसर दिने काम भयो । यसलाई सकारात्मक मान्नुपर्छ । सधै पछि परेको बर्ग महिला र शुद्र तथा दलित भनेर हेपिने जाती नै यो कोटिहोममा पहिलो प्राथमिकतामा पर्नु यसलाई सकारात्मक लिनुपर्छ । रिस डाहा गर्नेहरू र अर्काको खुट्टा तान्नेहरू त कहीँं पनि हुन्छन । कोटिहोमको नाममा ठगी धन्दा भनेर समाचार बनाएको पनि देखियो । हुन सक्छ काम गर्ने सिलसिलामा कमी कमजोरी हुन सक्छन तर सधै कमी कमजोरी भैरहन्छ भन्न सकिँदैन । टिमले गर्ने धार्मिक कार्यमा राम्रै होला भन्ने सम्झेर भीडभाडमा कोटिहोम चलेको देखियो । जसरी भक्तजनले बिश्वास गरे त्यसरी नै आयोजकले काम गरेर देखाउनु हुनेछ भन्ने आशा सबैमा छ । सबैको मंगल होस् ।