ट्रेंडिंग:

>> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक >> काममा हिडन थाले सैफ अली >> दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार बढी खेलाडीले गरे नाम दर्ता >> अमेरिकाबाट अवैध आप्रवासी फर्काउन कोलम्बिया सरकार तयार >> काठमाडौंमा ३९ लाख नगदसहित एक जना पक्राउ >> पाल्पाका दश हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने >> सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो >> सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुने सामुने हुने >> ओस्कार ट्रफीमा देखिने मूर्ति कस्को हो त? रोचक कुरा जान्नुहोस् >> हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’ >> अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’ >> भन्सार राजस्व चुहावट रोक्न जोड >> अर्को ‘ब्रेक थ्रु’ मा ढिलाई नहोस् >> न्यायिक समितिको कार्यबारे जानकारी गराउँदै गाउँ टोलमा >> ‘सुन्तलाखर्क’ को पाखैभरि पहेँलपुर सुन्तला >> मालिकामा कम गुणस्तरको मदिरा बिक्रीमा रोक >> अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलः पर्यटनको ढोका >> पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> सत्तारुढ दलको बैठक बस्दै >> करोड धरौटी बुझाएर छुटे रवि >> खेल संघहरु जिम्मेवार बन्न राखेप उपाध्यक्ष आचार्यको आग्रह >> रविबारे रुपन्देही अदालत- आरोपितले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार देखिएन >> ताल परिसरमा बनेको टहरा हट्यो >> रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश >> आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल दाङ निरन्तरता >> २८६१ औ सोनाम लोसारको अवसरमा रक्तदान >> भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता उपलब्ध >> रबि लामिछाने पक्षकाे बहस सकियाे, केही बेरमा आदेश आउने सक्ने >> नेपालमा ७२ औं विश्व कुष्ठरोग दिवस, कुष्ठरोग कम हुँदै >> सेनाको फोटो तथा वृहत प्रदर्शनी

विश्व जनसंख्या दिवस

२७ असार २०८१, बिहीबार
२७ असार २०८१, बिहीबार

सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसरमा आयोजना भएको पपुलेशन समिटले हरेक बर्षको जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने घोषणा गरेपछि हरेक बर्ष यो दिवस मनाउने औपचारिकता सुरू भएको हो । आज विश्व जनसंख्या दिवस मनाईरहँदा विश्वका लागि जनसंख्या मूख्य चुनौति बन्ने देखिएको छ । यद्यपि कुनै देशमा भने जनसंख्या बृद्धिको ऋणात्मक संकुचन अर्को चुनौति बन्दै गएको छ । जनसंख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद हुने अवस्था पनि छ । किनभने कहीँ जनसंख्या बृद्धि चुनौति भैरहेको छ भने कहीँ अवसरका रूपमा समेत हेर्ने गरिएको छ । जेहोस पछिल्लोसमय विश्वका लागि विश्व जनसंख्याको बृद्धि चुनौतिका रूपमा देखापरिरहेको छ । अहिले विश्वका विकसित भन्दा अविकसित मुलुकहरूमा घट्दो जनसंख्याका कारण समस्या उत्पन्न भैरहेको छ । सन्तुलित जनसंख्या बिना कुनै पनि देशको सुरक्षा, विकास र दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न । यही नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने नेपालले समेत जनसंख्या बृद्धिको चुनौति सामना गर्नुपर्ने अवस्था छ । राष्ट्रिय तथ्यांक विभागले हालै जारी गरेको तथ्याँक अनुसार नेपालको जनसंख्या करिव ३ करोड पुगेको छ । जसमध्ये पुरुषको तुलनामा महिलाको जनसंख्या धेरै रहेको छ । पछिल्लो दसकमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । यो जनसंख्या बृद्धिदर त्यतिधेरै चुनौतिको बिषय त होइन तर जनसंख्या बृद्धिको अनुपात नियन्त्रणमै राख्नुपर्छ भन्ने जनसांख्यिक मान्यता रहेकोले नियन्त्रणमा ध्यान दिनु जरुरी छ । त्यसमाथि लुम्बिनी प्रदेश नेपालमा तेश्रो धेरै जनसंख्या हुने प्रदेश बनेको छ । जनगणना अनुसार लुम्बिनी प्रदेशमा नेपालको १७.५६ प्रतिशत जनसंख्या रहेको छ । प्रदेशको जनसंख्या ५१ लाख २२ हजार ७८ पुगेको जनगणनाको नतिजाले देखाएको छ । लुम्बिनी प्रदेशमा एक दशकमा ६ लाख २२ हजार ८०६ जनसंख्या थपिएको छ । यही रफ्तारमा जनसंख्या बृद्धि हुँदै जाने हो भने नेपालका लागि पनि जनसंख्या बृद्धि चुनौति हुनेछ ।

पछिल्लोसमय विश्वका बढी जनसंख्या भएका चीन, भारत र रुसले जनसंख्या बृद्धि नियन्त्रणका भिन्न शैली अपनाईरहेका छन । जनसंख्या बृद्धिको मूख्य चुनौति वातावरण क्षेत्रमा परेको देखिएको छ र आगामी दिनमा पनि यही अवस्था उत्पन्न हुने देखिएको छ । निश्चित रूपमा विश्व जनसंख्या बृद्धिको मारमा थिचिएको छ । जनसंख्या बृद्धिले पु¥याउने असरका विषयमा अहिलेदेखि नै सचेत हुन सकिएन भने त्यसले आगामी भविष्यमा निम्त्याउने समस्याको अन्दाज गर्न सकिदैन । त्यसकारण विश्वले जसरी जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने गर्दछ । त्यो दिवसलाई सार्थक वनाउन जनसंख्या नियन्त्रणका सवालमा गंभीर हुनु जरूरी छ । नेपालमा जनसंख्या बृद्धिको मूख्य कारण बसाईसराईलाई पनि मानिएको छ । परिवार नियोजनका साधनको प्रयोगमा देखिएको बेवास्तापनि त्यसको एक कारण हो भन्दा अत्युक्ति नहोला । पछिल्लोसमय परिवार नियोजन गर्नेहरूको संख्या तीव्ररूपमा घटिरहेको छ । अझैपनि नेपाल बालविवाह हुने देशभित्र पर्दछ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार ३७ प्रतिशत किशोरीको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । पन्ध्रदेखि १९ वर्ष उमेर समूहका एक चौथाई विवाहिता महिलाले चाहेर पनि परिवार नियोजनका साधन पाइरहेका छैनन् । परिवार नियोजनका साधनको प्रयोगमा समेत रुची कम हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन । जसका कारण जनसंख्या बृद्धि हुनुको एक कारण रहेको देखिएको छ । अव जनसंख्या बृद्धिका कारक र चुनौतिहरूलाई अहिलेदेखि नै सम्बोधन गर्दै नियन्त्रणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?