ट्रेंडिंग:

>> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क

मालिकामा कम गुणस्तरको मदिरा बिक्रीमा रोक

१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

गुल्मी, १४ माघ ।
गुल्मीको मालिका गाउँपालकाले कम गुणस्तर भएको मादक पदार्थको बिक्री बितरणमा रोक लागाउने भएको छ । मादक पदार्थको सेवनका कारण समाजमा घरेलु हिंसा बढ्दै गएको भन्दै त्यसको न्यूनीकरणका लागि त्यस्ता प्रकारका मदिराको बिक्री बितरणमा पूर्ण रूपमा रोक लागउने निर्णय गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिएका छन् ।

मालिका गाउँपालिकाका कार्यवाहक अध्यक्ष उपेन्द्र अर्यालको संयोजकत्वमा जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी एवं सरोकारवालाहरू बीच आईतबार बसेको बैठकले उक्त निर्णय कार्यान्वयन गर्न गराउनको लागि सरोकारवाला सबैमा सार्वजनिक रूपमै सूचना प्रकाशित गरी जानकारी गराएको छ । मादक पदार्थ सेवनका कारण गाउँपालिकाको वडा नं –८ अन्तरगत मरभुङ्मा एक साताको अबधिमा दुइ जनाको ज्यान गएको भन्दै यसले समाजमा पारिवारीक झगडा, बेमेल र ज्यान जानेसम्मका घटनाहरू दिनानुदिन बढ्दै गएको बताईएकोे छ ।

गाउँपालिकाले प्लास्टिक बोत्तलमा राखि बिक्री बितरण गर्दै आएको अत्यन्तै कम गुणस्तरको सोफि (बोलचालको भाषामा टुङ्कुला) रक्सीको स्टकलाई एक साता भित्रमा व्यवस्थापन गर्न निर्देशन दिएको छ । बैठकले अनुमति प्राप्त व्यवसायीहरूले मादक पदार्थको बिक्री बितरणको लागि बेलुका ५.३० देखि ८ बजेसम्मको समय निर्धारण गरेको छ । साथै नावालक, महिला तथा दीर्घ रोगीहरूलाई मदिरा बिक्री बितरणमा रोक लगाईएको छ ।कम गुणस्तरको रक्सी ढुवानी तथा बिक्री बितरण सम्बन्धमा प्रहरी प्रशासनलाई अनुगमनको लागि खटाउने र जरिवानाबाट प्राप्त रकमको २५ प्रतिशतले हुन आउने रकम सुरक्षाकर्मीहरूको सवारी साधन मर्मतमा खर्चिने बताईएको छ ।

उक्त निर्णय बिपरित कार्य गरेको पाइएमा व्यवसायी तथा सामान ढुवानी गर्ने सवारी साधनलाई पहिलो पटकलाई पाँच हजार रूपैंया जरिवाना गर्ने समेत निर्णय गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?