ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’

१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

तेलअहिब ।

गाजा पट्टीमा युद्ध रोक्न इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा हमासले शनिबार आफ्ना चार महिला सैनिकलाई रिहा गरेको थियो भने बदलामा करिब २०० प्यालेस्टिनी कैदीहरूलाई पनि इजरायलले रिहा गरिदियो ।

इजरायली ४ महिला सैनिकहरू करिना एरिभ, ड्यानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग गाजाको रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । रिलिज कार्यक्रमको क्रममा महिलाहरूलाई प्यालेस्टिनी गाडीबाट निकालेर स्टेजमा ल्याइयो र रिहा गरिएको घोषणा गरियो । रिहा लगत्तै उनीहरू मुस्कुराए र भीडतिर हात हल्लाएर अभिवादन गरे । त्यसपछि उनीहरु रेडक्रसको गाडीमा बसे ।

यी चारैजना महिला इजरायली सैनिक हुन् । जसलाई अक्टोबर ७ मा हमासले आक्रमण गर्दा इजरायलको नहल ओज सैन्य अखडाबाट अपहरण गरेर झन्डै १५ महिनासम्म आफ्नो नियन्त्रणमा राखेका थिए । तर, हमासको बन्धनवाट मुक्त भए पछि यी महिला सैनिकहरूले बन्दी जीवनमा आफूमाथि भएको सम्पूर्ण पीडाको बयान गरेका छन् ।

चारजना महिला सिपाहीहरूलाई रिहा हुनुअघि लगाउनको लागि अर्ध–सैन्य वर्दी दिइएको थियो। त्यसपछि उनलाई हतियारधारी हमास कार्यकर्तासँगै मञ्चमा खडा गराइएको थियो । सैनिकका परिवारले  भने, ‘उनीहरूले स्टेजमा उभ्याएर डराएको वा नर्भस नभएको देखाएका थिए, त्यसले हामीलाई कुनै असर गरेको छैन, हामी उनीहरूभन्दा बलियो छौं भन्ने सन्देश दिन खोजिरहेका थिए।’

अपहरणपछि घामको किरण पुग्न नसक्ने ठाउँमा राखिएको चारजना महिला सैनिकलाइ राखिएको थियो । ‘न त राम्ररी सास फेर्न सकिन्थ्यो, न त उज्यालो
नै थियो,  जसका कारण उनले धेरैजसो समय अन्धकारमा बितायौं,’ नामा लेवीले भनिन ।  उनका अनुसार ४७७ दिनको कैदमा उनलाई गाजा शहरसहित गाजा वरिपरि नै घुमाउने गरिएको  थियो। तिनीहरूमध्ये केहीलाई हमासका धेरै वरिष्ठ व्यक्तिहरू भेट्ने व्यवस्था पनि गरिएको थियो।

त्यहाँ महिला सैनिकहरूले आफूहरूमाथि निकै नराम्रो व्यवहार गरेको बताए । न त उचित खानेकुरा, न पिउनको लागि उचित पानी । यस बाहेक कयौं पटक आतंकवादीका लागि खाना पकाउनुसमेत परेको थियो । यसका साथै शौचालयको सरसफाई गर्नुपर्थ्यो । यी सबै गरेपछि खानाको लागि सोध्दा उनीहरूले अस्वीकार गरेका थिए । सैनिकहरूले यो उनीहरूको जीवनको अहिलेसम्मकै सबैभन्दा डरलाग्दो समय भएको बताए। ‘एक अर्काको हिम्मत थियो, त्यसैले आजसम्म बाँचेर फर्किएका छौं,’ उनीहरूले भने ।

अर्की एक महिला सिपाहीले भनिन्, ‘उनीहरूले सधैं हाम्रो र इजरायलका बारेमा ठट्टा गर्थे ।’ कयौं पटक उनीहरूलाई रुन पनि दिइएन । त्यसो गरेको भन्दै उनलाई कुटपिटसमेत गरिएको थियो । धेरै दिनसम्म नुहाउन दिइएन । घाइतेहरूलाई उपचारका लागि यातना दिइयो। ती महिलाहरूले आफ्नो सम्पूर्ण बन्दीबन्दीमा रेडियो भने धेरै सुनेको बताए। जसमा युद्धका बारेमा पनि जानकारी प्राप्त भएको थियो । यस अवधिमा उनीहरूले त्यहाँ अरबी भाषा पनि सिकेको महिला सैनिकले बताए । जसले धेरै सहज बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?