ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

खेल संघहरु जिम्मेवार बन्न राखेप उपाध्यक्ष आचार्यको आग्रह

१३ माघ २०८१, आइतबार
१३ माघ २०८१, आइतबार

बुटवल, १३ माघ । खेल र खेलाडीहरुको पक्षमा सरोकारावाला खेल संघ जिम्मेवार हुनुपर्ने राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले बताएका छन । खेलाडी, प्रशिक्षकहरुको समस्या पहिचान गरेर सरोकारवाला संघ र महासंघमार्फत सरकारमा जोड्ने काम हुनुपर्ने उनले बताए । रुपन्देही जिल्ला शारिरिक सुगठन तथा फिटनेश संघले आईतबार बुटवलमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले खेल संघको नाममा पद हत्याउने तर आफनो खेल क्षेत्रको बारेमा माखो नमार्ने संस्थाहरुलाई पहिचानमा राखिएको बताए ।

‘संघ बिनाको महासंघ बन्ने गलत बाटोलाई अन्त्य गर्छु ।’–उनले प्रतिवद्घता जनाए । संघ नबिकरण नभएको तर त्यसको महासंघमा नेतृत्व गरेर बस्ने परिपार्टीलाई अन्त्य गर्ने गरि काम भैरहेको उनले बताए । अरु खेललाई निषेध गर्नेभन्दा पनि आफ्नो खेललाई प्रमोशन गर्नतर्फ ध्यान दिन उनले निर्देशन दिए । ‘खेल लयमा आउने गरि काम गरौ ।’– उनले भने । आआफनो खेल क्षेत्रमा देखिएका समस्या बाहिर ल्याउन आग्रह गर्दै उनले समस्या बाहिर आएमात्र त्यसको समाधानको बाटो खुल्ने तर्क राखे । शारिरिक सुगठनभित्र धेरै विधा रहेको र ठुलो लगानी क्षेत्र भएको उनले बताए । उनले निजि लगानीमा नै धेरै खर्च गरेर अन्तराष्ट्रिय स्तरसम्मका प्रतियोगितामा खेलाडीहरुको सफलता पाएको उनले बताए । खेलाडीहरु आफ्नो अनुशासनलाई पहिलो ध्यान दिनुपर्ने उनले सुझाव दिए । सबै खेलहरुलाई समेटेर खेल अभ्यासलाई निन्तरता दिने सके त्यसबाट पदकको निरन्तरता रहने समेत बताए ।

एक समारोहका बिच संघका अध्यक्ष राजकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष शिवध्वज राई, शारीरिक सुगठनका प्रशिक्षक केशव शाक्य, नेपाल खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले राखेपमा नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यलाई माला, खादा र मायाको चिनोबाट सम्मान गरेको हो ।

कार्यक्रममा रुपन्देही जिल्ला शारिरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजकुमार श्रेष्ठले धेरै मेहनत लाग्ने र खर्चिलो खेलको रुपमा चिनिएको शारीरिक सुगठनमा सरकारको नजर जान नसकेको दुखेसो गरे । सरकारले खेलाडीहरुको पहिचान गरि आवश्यक सम्मान दिन उनले आग्रह गरे । शारिरिक सुगठन र पावर लिफटिङ दुई मुख्य विधाहरु रहेको भन्दै उनले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा यो खेलबाट धेरै सफलता हात पारेको बताए ।

कार्यक्रममा यस क्षेत्रका अन्तराष्ट्रिय खेलाडी कृष्ण प्रसाद श्रेष्ठले शारीरिक सुगठनमा आवद्ध भएर खेल जीवनमा भोकेका अनुभवलाई सुनाउदै अहिले शारीरिक सुगठनमा सरकारको लगानी गर्ने सहि समय आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?