Butwal Today

पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

१४ माघ २०८१, सोमबार
अ+
अ-

काठमाण्डौ –

काठमाण्डौ  उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि हिजोजस्तै पूर्वदेखि लुम्बिनी प्रदेशसम्मको पहाडी भेगमा आंशिक बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका धेरै ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?