Butwal Today
समाचार प्रभाव

ताल परिसरमा बनेको टहरा हट्यो

१३ माघ २०८१, आइतबार
अ+
अ-

बर्दिया समाचारदाता
बर्दिया, १३ माघ ।

महोत्सवलाई लक्षित गरी बनाइएको टहरा हटाइएको छ । बढैयाताल गाउँपालिका वडा अध्यक्ष कर्ण बहादुर थापाले बलमिच्याई तरिकाले बनाएको टहरा हटाएका हुन् ।

शनिवार बुटवल टुडेमा समाचार प्रकाशित भएपछि टहरा हटाइएको हो । महोत्सवलाई सहज हुने भनेर टहरा बनाएको पुर्व वडा अध्यक्ष कर्णबहादुर थापाले बताए । महोत्सवलाई सहज बनाउने उद्देश्य भएपनि अबैध रूपले तालको जग्गामा टहरा निर्माण भएको थियो ।