Butwal Today

सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुने सामुने हुने

१४ माघ २०८१, सोमबार
अ+
अ-

काठमाडौं, १४ माघ ।

सभापति कपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन्।

नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुने सामुने हुन लागेका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेबाट खेल सुरू हुनेछ।

सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। यसैगरी उपविजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ। प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाइरहेको जनाइएको छ।

प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?