ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

सुस्तामा बिजुली, स्थानीयलाई कहिले ?

९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

नारायणी पारीको सुस्ता क्षेत्रमा विजुली पुगेको चार महिना पूरा भैसकेको छ तर सुस्ताबासी कोही टुकीको भरमा त कोही सोलारकै उज्यालोको भरमा बस्न बाध्य भैरहेका छन् । चार महिनाअघि विद्युत पुगेपनि अहिलेसम्म विद्युत मिटर जडानको काम सुरु नै नहुनुले सुस्ताप्रति राज्य कति गैर जिम्मेवार छ भन्ने यो एक उदाहरण हो । आश्चर्यको कुरा त के छ भने राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंह, उर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्का लगायतको उपस्थितिमा सुस्तामा धुमधामका साथ विद्युत प्रशारण लाईनको उदघाटन गरियो तर एक हप्तासम्म बलेको राष्ट्रिय प्रशारण लाईनको विद्युत त्यसपछि बलेको छैन् । राष्ट्रपति स्वयं आएर उदघाटन गरेको आयोजनाको अवस्था यो छ भने सुस्तामा अरू धेरै आयोजना त्यसै अलपत्र परेको सुन्नु आश्चर्यको कुरा नै रहेन । राष्ट्रिय प्रशारण लाईनको विद्युत पुगेपछि साना ठूला उद्योग सञ्चालन हुने सुस्ताबासीको अपेक्षा पूरा हुन सकेको छैन् । सुस्ताबासी अधिकांशसँग नागरिकता र लालपुर्जा नहँदा विद्युत प्राधिकरणले विद्युत मिटर जडान गर्न नसकिएको जनाएको छ । यसले के देखाउँछ भने हाम्रा राजनेताहरू सुस्ताका जनताको समस्याप्रति अझैपनि उदासिन छन् । विद्युत प्रसारण लाईन उदघाटनकै दिन उर्जा मन्त्री खड्काले सुस्ताबासीका लागि एक वर्षको विद्युत निःशुल्क गरिदिने घोषणा गरेका थिए । मन्त्रीको त्यो घोषणा अहिले चार महिना नहुँदै अलपत्र परेको छ । सुस्तामा विद्युत मिटर समेत जडान भएको छैन भने निःशुल्क विद्युत दिने कुरा त धेरै परको कुरा हो । बिना तयारी र अवस्था नबुझी जिम्मेवार मन्त्रीले सस्तो लोकप्रियताको नाममा जे पनि बोल्ने गरेको यो उदाहरण हो । निःशुल्क विजुली बत्ती बालिदिने भन्दै घोषणा गरेको विद्युत अहिले पैसा तिरेर पनि बल्ने अवस्था नहुनु दुःखद् हो । नारायणपारीको सुस्ताका अधिकांश स्थानीयसँग जग्गाधनी पुर्जामात्रै होइन नागरिकता समेत नभएकोकारण त्यहाँका जनता राज्यको सुविधा र पहुँचबाट टाढै वस्नुपरेको अवस्था छ । विद्युत प्राधिकरणले जग्गाधनी लालपुर्जा र नागरिकता विना विद्युत जडान गर्न नसकिने बताउँदै आएको छ । अव सुस्तावासीको यो ज्वलन्त समस्याको समाधान कसले गरिदिने ? राष्ट्रपतिदेखि मन्त्रीसम्मले आश्वासन दिएर गए तर सुस्तावासीको विजुली बाल्ने सपना पूरा हुन सकेन । नेपालकै नागरिक भएरपनि बत्ती मुनि अँध्यारो भएर बस्नुपर्ने अवस्था कहिलेसम्म ? सरकारले जवाफ दिनु जरुरी छ ।

पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले नागरिकताको समस्या समाधान गर्न प्रधानमन्त्री केपि शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै उनीहरूले नागरिकताको समस्याका कारण बिजुली समेत बाल्न नपाएको गुनासो गरेका छन् । सुस्ताका नागरिकले सुस्ताको समस्या सुनाउन थालेको धेरै भएको छ । सुस्ता क्षेत्रका संघीय सांसद बिनोद चौधरी देशकै धनी व्यक्ति हुन तर उनले पनि सुस्ताको समस्यामा चासो नदिएको गुनासो स्थानीयको छ । सुस्ताका बासिन्दाले पाएको दुःख र पीडा बयान गरेरै नसकिने अवस्था छ । सुस्ता बचाउ आन्दोलनका नेतृत्वकर्ता गोपाल गुरुङ सुस्ता संरक्षणको माग गर्दैगर्दा मृत्युबरण गर्नुभयो । उहाँको सपना थियो– सुस्ताका सवै नागरिकले नेपाली नागरिकता पाउन् । सुस्ताको विकास होओस् तर सरकार सुस्ता बचाउका सन्दर्भमा अहिलेसम्म बहिरो बन्दै आएको छ । २०४६ सालयता नेपालमा दुई दर्जन सरकार बने । अव सरकारले सुस्ताबासीको पीडा सम्बोधन गर्न ढिलाई नगरोस् । नागरिकता नभएकै कारण सुस्ताबासीले मोबाइल प्रयोग गर्न समेत नपाउने अवस्था छ । यो भन्दा दर्दनाक अवस्था अरू के होला ? सरकार किन सुन्दैन ? सुस्तावासीले बर्षौदेखि पाएको सास्ती कहिले अन्त्य होला ? राष्ट्रपतिले उदघाटन गरेको विद्युत प्रसारण लाईनको विद्युत समेत उपभोग गर्न नपाउनु लज्जाको बिषय हो । तसर्थ सरकार सुस्तावासीको समस्या समाधानमा ढिलाई नगर ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?