ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

अर्को ‘ब्रेक थ्रु’ मा ढिलाई नहोस्

१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ संगै यो सडक भएर यात्रा गर्ने हजारौं यात्रुहरूको मुहारमा खुसी छाएको छ । ब्रेक थ्रु संगै अव सुरुङ मार्ग छिटो सञ्चालनको प्रतिक्षामा लुम्बिनी र गण्डकी प्रदेशका आम नागरिक छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएपनि सुरुङमा सवारी गुडाउन भने अझै एक बर्ष बढी समय लाग्ने भएको छ । अव जसरी यो सुरुङ मार्ग निर्धारित मितिभन्दा अथावै छिचोल्ने काम भएको छ, त्यसरी नै यसको शीघ्र सञ्चालनको वातावरण बनोस् । अर्को सञ्चालनको ब्रेक थ्रुमा ढिलाई नहोस भन्ने तर्फ सजगता आवश्यक छ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने गरेको कारण जोखिममा पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकोले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । यो सुरुङ मार्गले यस क्षेत्रका जनतालाई निकै खुसी बनाएको छ ।

यद्यपि सुरूङ मार्गको लम्बाई अति सानो भएको गुनासो छ । यो सुरुङ मार्ग सञ्चालनमा आएपनि यो क्षेत्रमा पहिरोको जोखिम भने कायमै रहनेछ । किनभने पहिरोको जोखिम क्षेत्र अझैपनि कायमै छ । तसर्थ यो सुरूङ मार्ग निर्माण सम्पन्न भएपछि थप सुरुङ मार्ग विस्तारको लागि पहल गरिनुपर्दछ । कम्तिमा पनि वल्लो सिद्धवावा क्षेत्रदेखि दोभानको बस्ती परसम्म सुरूङ मार्ग विस्तार भयो भने बल्ल यो क्षेत्र पूर्ण सुरक्षित हुनेछ । तसर्थ अहिले सुरु भएको आयोजना छिटो सञ्चालन गरि अर्को आयोजनाको आधार तयार गर्नेतर्फ सरकारको ध्यान जानुपर्दछ । यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणको ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको थियो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ । अझै दुई बर्ष समय छ । अव यो दुई बर्षभित्रमा सुरुङलाई पूर्ण सुरक्षित र गुणस्तरको हिसावले कुनैपनि मानेमा कम नहुनेगरि यो आयोजना सम्पन्न भयो भने यो आयोजना निर्माणका क्रममा रहेका अरू आयोजनालाई समेत उदाहरणीय वन्नेछ ।

यो क्षेत्र भएर यात्रा गर्ने यात्रुले जोखिम मोलेरै यात्रा तय गर्नुपर्ने बाध्यता अहिलेपनि कायमै छ । अर्थात यो सडकले बर्षेनी ठूलो मानवीय र भौतिक क्षति गर्दै आएको छ । सुरुङ्मार्ग सञ्चालन भएपछि पाल्पा, रूपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ् लगायतका क्षेत्रको यात्रा गर्न सहज हुने छ । त्यसैगरी सुरुङ् मार्गले रूपन्देही, लुम्विनी, पाल्पा, पोखरा, गुल्मी, बाग्लुङ र अर्घाखाँचीको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । बर्षेनी यो सडकमा मानवीय क्षति हुने क्रम रोकिएको छैन । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा पहिरो झरिरहन्छ । जेहोस सिद्धवावा सुरुङ मार्ग ब्रेक थु्रले खुसी दिएको छ । अव जसरी निर्धारित मिति अगावै यो ब्रेक थ्रु भएको छ, त्यसरी नै यो सुरुङ मार्गबाट सवारी साधन छिटो सञ्चालनको लागि थप पहल हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?