© २०२३
स्थानीय तह पुनर्संरचना आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलले स्थानीय तहले कर र सेवाको विषयमा जनतालाई बुझाउन नसक्दा अहिले केही समस्या आएको बताएका छन् । उनले पुनसंरचना गर्दा जुन किसिमको अपेक्षा गरिएको थियो सोही प्रकारले केही स्थानिय तहले काम गर्न नसक्दा आलोचनाको पत्र बनेको बताएका छन् । रिपोर्टस क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले अहिलेको परिर्वतनमा ३ वटा तहले काम गरिरहेको भन्दै नेपालको शासन सत्ता त्यहिबाट सञ्चालनमा आएको भन्दै उनले जनताको काम गर्न गएका जनप्रििनधको काम जनताकै पक्षमा हुनुपर्ने बताएका हुन । अहिले सेवा प्रवाह गर्ने ईकाईहरू स्थानिय तहमा नै गएको कारण जनताको बढि भन्दा बढि सुविधा प्रवाह पाउनु पर्ने बताए । तर दक्ष जनशक्तिको कारणले जनतालाई सेवा दिन स्थानीय तह अझै सक्षम नदेखिएको उनको भनाई रहेको छ ।
एकात्मक व्यवस्थाबाट संघीय संरचनामा गएको बेलामा बुझाईमा समस्या भएकोले संघियताको अभ्यास गर्दा कानुन, शासन गर्ने क्षमता र शैली आदिले स्थानीय तहले सहि रूपमा अगाडी जान नसकेको उनको ठहर छ । अहिले मुलकमा संक्रमणको चक्र पुरा नभएको कारण जिम्मेबार नेताहरू मनपरि बोल्न नहुने सुभाव दिए ।
राज्यमा शक्तिको प्रयोग गर्ने सरकारको रूपमा स्थानिय तहको पुनंसंरचना गरिएको उनको भनाई रहेको छ । कामलाई बढि भन्दा बढि ठिक ढंगले सेवा प्रवाह गर्नको लागि स्थानिय तहको परिकल्पना गरिएको भन्दै स्थानिय तह संरचना गठन गरेपनि कामलाई प्रभावकारी ढगले आगडि बढाउनु पर्ने बताए । स्थानिय तहको पुर्नसंरचना गर्दा सबै तत्वहरूको प्रयोग गरिएको जानकारी दिदै उनले जनसंख्या, भुगोल लगायतलाई आधार मानेर कार्य गरेको बताए । स्थानिय तहमा निर्माण गर्ने ऐन तथा नियमको विषयमा कतिपय संरचना संविधान संम्मत नभएको कारण कतिपय बेलामा सर्बोच्चमा पनि कुरा जाने गरेको बताए । उनले संघीयतामा नेपाल फड्को मार्ने भन्दा पनि अहिले सिक्दै गरेको अवस्थामा भएकोले सवै क्षेत्रको सहकार्य जरुरी बताए ।