© २०२३
नेपाल सरकारको शहरी बिकास मन्त्रालयको तराई मधेशमा संभावित नयाँ शहर गढवा हुलाकी लोकमार्ग अन्तर्गत एकिकृत बिकास गुरुयोजना दाङ जिल्लाको गढवामा संचालित हुने भएको छ । तराइ मधेशमा नेपाल अधिराज्यका १५ वटा आधुनिक शहर निर्माणका कार्यक्रमहरू मध्ये दाङको गढवा गाउँपालिकामा छनौटमा परि यो कार्यक्रम लागू हुने भएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् । सो गाउँपालिका छनौटमा परे लगतै गााउपालिका सम्पूण पूर्वाधारबारे गढवा गाउँपालिकामा विज्ञ टोली सहित सरोकारवालाहरू बीच वृहत छलफल भएको छ । जसका लागि प्राकृतिक स्रोतले भरिपूर्ण पुर्वाधार, शुन्दर गढवा, शिक्षा, पर्यटन र समृद्ध शहरको आधार भन्ने मुलनारा समेत तय भएको गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकारको शहरी बिकाश मन्त्रालयको नयाँ शहर कार्यक्रम अन्तर्गत दाङको गढवा गाउँपालिकामा पहिलो चरणमा ५ बर्षे एकिकृत योजना तयार गर्ने, संभाब्यता अध्ययन गर्ने,प्रविधीक नक्सा तयार गर्ने, गाउँपालिकाको भिलेजप्रोफाइल (पाश्र्वचित्र) तयार गर्ने र भिन्न भिन्न बिश्लेषणात्मक अध्ययनको आधारमा नयाँ शहरको रणनीति बमोजिम गाउँपालिकामा कस्तो ढंगको शहरी बिकास कार्यक्रम लागू गर्ने भन्ने डि.पि.आर.का गुरुयोजना तयार गरिने नयाँ शहर योजनाका परामर्शदाता शहरी योजनाविद् सुमन कुमार कर्णले बताए । तराई मधेशका पन्ध्र स्थानलाई नयाँ शहर बनाउने कार्यक्रम दाङको गढवा गाउँपालिकामा छानिएको हो, । जसमा गााउँपालिकाको भौतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यटन, वित्तिय ब्यवस्थापन, वातावरण ब्यवस्थापन, प्रकोप ब्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन गरि ९ वटा क्षेत्र (सेक्टरमा) कार्यक्रम सञ्चालन गर्न दिर्घकालिन गुरुयोजना बनाइने भएको छ ।
जस अन्तर्गत गाउँपालिकाका सडक सञ्जाल स्तरिकरण, जग्गा विकाश कार्यक्रम शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, एकीकृत वस्ती बिकास र ल्याण्डफिल साइट ब्यवस्थापन लगायतका कार्यहरू गरिने भएको गाउँपालिकाले जनाएको छ । उक्त कार्यको व्यवस्थापन गर्न लागि एउटा मुल समिति र ९ वटा उपसमितिहरू गठन गरिने पनि गाँउपालिकाले जनाएको छ । नेपाल सरकारको लगानी रहने गरि डिपिआर योजना तयार भएपछि स्टिमेट तयार हुने र ति कार्यक्रमहरूको बल्ल मात्र लगानी फिक्स हुने बताइएको छ । नौ महिनामा डिपिआरका सबै योजनाहरू तयार गरिने कन्सल्टेन्स कम्पनिका परामर्शदाता तथा शहरी बिकास योजना विद् सुमन कुमार कर्णले बताए । सो कार्यक्रमको जिम्मा नेपाल सरकार शहरी बिकाश मन्त्रालय मार्फत् काठमाण्डौले लिएको छ । दाङको गढवा र बर्दियाको राजापुर नगरपालिकामा यो कम्पनिले नयाँ शहर बनाउने जिम्मा लिएको बताइएको छ । ब्यवस्थित र पुर्वाधार युक्त शहर बनाउने, शहर बनि सकेपछि तोडफोड नहोस भन्ने अबधारण बमोजिम पहिले नै बृहत गुरुयोजना बनाएर स्मार्ट सिटी बनाउने सरकारी लक्ष्य रहेको र सोही बमोजिम देउखुरीको गढवामा काम गर्न थालिएको कम्पनिका परामर्शदाता मिता सुवालले बताइन ।अल्पकालिन कार्यक्रम अन्तर्गत पाँच बर्षे, मध्यकालिन अन्तर्गत १० बर्षे र दिर्घकालिन कार्यक्रम अन्तर्गत २० बर्षे बिस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) का गुरुयोजना बनाएर काम गरिने छ, जसभित्र पुर्वाधार युक्त, बसोवास योग्य, रोजगार र सिप तथा क्षमताको बिकास, आकर्षण योग्यभौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधारका कार्यक्रमहरू संचालन गरिने छ, शहरी योजनाविद् सुमन कुमार कर्णले भने ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी