ट्रेंडिंग:

>> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत >> नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु >> संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र

सिडियो र एसपीद्वारा विशुद्ध सेवा गर्ने प्रतिवद्धता

४ भाद्र २०७५, सोमबार
४ भाद्र २०७५, सोमबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एकहप्ता अगाडि मात्रै हांजीर भएका जिल्ला प्रशासन कार्यालयका प्रमुख वीरेन्द्रकुमार यादब र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरले विशुद्ध सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आईतबार आयोजीत पत्रकारहरूसंग परिचयात्मक कार्याक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरले भने ‘ सुर्खेतमा विशुद्ध सेवा गर्न आएको हो । विशुद्ध सेवानै गरेर जान्छु ।’ सुर्खेतमा आत्माहत्या, जुवातास र लागुऔषध प्रयोगकर्ताको बिगविगी भएकोले यसलाई नियन्त्रण गर्नको लागी जिल्ला प्रहरी कार्यालयले भुमीका खेल्ने भन्दै प्रहरी प्रमुख रजौरले यसमा सबैले साथ दिन आग्रह गरेका छन् ।
उनले थपे ‘सुर्खेतका जनताले सास्ती पाउने गरी कुनै पनी किसीमको कार्य जिल्ला प्रहरी कार्यालय सुर्खेतले गर्ने छैन । तर यसो भनिरहँदा कानुन विपरित काम गरे कानुनले क्षम्य कसैलाई पनी गर्नेछैन ।’ भदौ १ गतेदेखी लागु भएको नयाँ कानुनबारे जनतालाई सचेतना कार्यक्रमहरू समेत गरेर सचेत गराउने काम जिल्ला प्रहरी कार्यालय सुर्खेतले गर्ने रजौरको भनाई रहेको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख विरेन्द्रकुमार यादबले सुर्खेत जिल्ला मात्रै नभएर कर्णाली प्रदेशको समेत राजधानी भएकोले यहांको शान्तिसुरक्षा जटिल भएको बताएका छन् । उनले भने ‘जिल्लामा गरिने शान्ति सुरक्षाको तुलनामा राजधानीका लागि विशेष सुरक्षाको व्यवस्था गर्नुपर्दछ । त्यसको लागी जिल्ला प्रशासन कार्यालय सकारात्मक छ ।’ सुर्खेतमा अब एक हप्ताभित्रै ईलाका प्रशासन सञ्चालन हुंने जानकारी समेत जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख यादबले दिएका छन् ।
सुर्खेत जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा २३ वटा जवरजस्ती करुणीका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठका अनुसार ९ वटा घटना जवरजस्ती करुणी उद्योगका रहेका छन् । भने २३ वटा घटना जबरजस्ती करुणीका रहेका छन् । त्यस्तै आर्थीक वर्ष २०७४÷०७५ मा जवरजस्ती करुणी पछि सुर्खेतमा दुई जनाको हत्या भएको समेत निरिक्षक श्रेष्ठले बताएका छन् । उनले भने ‘पञ्चपुरी २ की गीता चपाई र पञ्चपुरी ३ की गोरीकला रोकायलाई जवरजस्ती करुणी गरी हत्या गरिएको थियो ।’ प्रहरी निरिक्षक श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका सबै मुद्धाहरूमा कारबाहीको प्रक्रिया अगाडि बढाईसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission