© २०२३
बुटवल छेउछाउका जंगलहरू असुरक्षित बन्दै गएका छन् । बुटवल उप–महानगरपालिका–२ तल्लो फूलबारीस्थित जंगलमा एक महिला बलात्कारको शिकार हुनु परेको छ । जंगलमा जबरजस्ती करणी गरिरहेको खबर पाएको प्रहरीको टोलीले शनिबार ती महिलाको उद्धार गरेको हो । बलात्कारको अभियोगमा देबदह नगरपालिका –३ बसन्तपुर बस्ने बर्ष ३७ का देबीलाल खनाल पक्राउ परेका हुन् ।
करिब ५ बजेतिर खनालले अन्दाजी जिल्ला प्युठान रजवारकी एक २४ वर्षीया महिलालाई बलात्कार गरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । सोही आधारमा जंगलमा पुगेको प्रहरीले खनाललाई पक्राउ गरी वडा प्रहरी कार्यालय रामनगरमा राखी अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । बलात्कृत महिलालाई वेहोस अवस्थामा प्रहरीले उद्वार गरेको थियो । लुम्बिनी अंचल अस्पतालमा उपचारपछि उनको अवस्था सामान्य रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जारी नयाँ मुलुकी ऐनले अठार वर्ष या अठार वर्ष भन्दा बढी उमेरको महिलालाई करणी गरेको कसुर प्रमाणित भए करणीमा संलग्न व्यक्तिलाई ७ वर्ष देखि १० वर्ष सम्म कैद सजायँ गर्न सक्ने व्यवस्था गरेको छ ।