© २०२३
पछिल्लो समय बलात्कारका घटनामा बृद्धि भए संगै बलात्कारीलाई फाँसी दिनु पर्ने माग राख्दै पेटीकोट लगाएर महिलाहरू प्रदर्शनमा उत्रिएका छन । शनिबार माइतीघर मण्डलामा अर्धनग्न भएर महिलाहरूले संविधान संशोधन गरेर भए पनि संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । यसरी अर्धनग्न भएर प्रदर्शन गर्नेहरूमा युवतीका साथै तेस्रो लिंगी र पुरुषहरू समेत थिए ।शान्तिपूर्ण रूपमा गरिएको प्रदर्शनमा प्रहरीले लाठिचार्ज गर्नुका साथै लात्ति र मुक्का समेत प्रहार गरेको थियो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन । यसरी प्रदर्शनमा उत्रिएका मध्ये जय नारी अभियानकी सावित्री सुवेदी, सन्ध्या बिडारी, सन्ध्या लामा (तेस्रो लिंगी महिला), जस्मिन ओली, दिया भण्डारी र सुरेश तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
शान्तिपूर्ण प्रदर्शन गरिरहेको अवस्थामा साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको र बल प्रयोग गरेको भन्दै प्रदर्शनकारीहरू आक्रोशित भएका थिए । उनीहरूले सरकार बिरुद्ध नाराबाजी समेत गरेका थिए । नियन्त्रणमा लिईएका प्रदर्शनकारीलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा केहीबेर राखी रिहा गरेको छ ।
रिहा भए लगत्तै जयनारी अभियानकी सावित्री सुवेदीले महिलाहरूले गरेको शान्तीपुर्ण प्रदर्शनमा प्रहरीले गरेको दमनका बिरुद्ध थप शसक्त कार्यक्रम गर्नै बताईन । उनीहरूले शान्तीपुर्ण रूपमा आन्दोलन गरिरहेको स्थान माईतीघर मण्डलालाई यसअघि नै सरकारले प्रदर्शन निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी