© २०२३
प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले तेस्रो लिङ्गीको अधिकार प्रति प्रदेश सकरारका गम्भिर रहेको बताएका छन् ।
उनले प्रदेश सरकार अहिले कानुन निर्माणको क्रममा रहेको भन्दै तेस्रो लिंङ्गी समलिंङ्गि अल्पसंख्यक समुदायको अधिकारको लागि जहिले पनि सरात्मक रहेको बताएका हुन । शनिवार ब्लुडायमण्ड सोसाईटीको आयोजानमा बुटवलमा भएको सरोकारबालाहरू संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले सबैको समान अधिकार प्रदानको लागि सबैको हातेमालो समेत आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सभा कमला देवी विश्वकर्माले समान अधिकार स्थापानको अभियानमा आफूले जहिले पनि साथ दिने बताएकी थिइन् ।
यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य थान कुमारी थापा ब्लु डायमण्ड सोसाईटीकी रूपन्देही संयोजक आनिक राना मगर लागायतले बालेका थिए । कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीकी कार्यकारी अधिकृत मनिषा ढकाल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप सचिव भरत शर्माले हाल कानुनमा भएको व्यवस्था र नयाँ बन्नुपर्ने नियमका तेस्रो लिंङ्गीहरूको अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मनिला न्यौपानेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी