© २०२३
करको बिरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको छ । देशका बिभिन्न स्थानमा सरकारका काम कारबाहीको बिरोधमा कांग्रेस सडकमा उत्रिएर बिरोध प्रदर्शन गरेको हो । सडकमा केन्द्र देखि स्थानीय तहले बढाएको करका सम्बन्धमा चर्का नारा लगाए पनि कांग्रेस नेताहरूले बुटवल उपमहानगरपालिकालाई निकै सौहाद्रपुर्ण तवरबाट ज्ञापन पत्र बुझाएका छन् ।
बुटवलको अस्पताल लाइनमा भेला भएका कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरू नारा जुलुस गर्दै बुटवल उपमहानगरपालिका पुगेका थिए । नेताहरूले उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई कार्यकक्षमा गएर ज्ञापन पत्र समेत बुझाएका छन् ।
नगरप्रमुख सुवेदीलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेस नगर सभापति खेलराज पाण्डेले बहुमतको नाममा सहमति, सहकार्य र सरसल्लाहको संस्कृति त्यागेर उपमहानगरपालिका एकलौटी रूपमा अघि बढेको र जनताले थेग्नै नसक्ने गरी कर बढाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका थिए । ज्ञापन पत्र बुझदै नगर प्रमुख सुवेदीले दल, संघ सस्था वा नागरीक समाज कसैलाई उपेक्ष गरी उपमहानगरपालिका अघि नबढेको र सबैसँग मिलेर सहकार्य गरेर अघि बढ्नुपर्छ त्यसैमा बुटवलको बिकास र समृद्धि सम्भव छ भन्ने नीति अंगिकार गरेको बताएका थिए ।