ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

प्रदेश सरकारका चुनौति र अवसर

२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसंगै अहिले प्रदेशहरूमा नयाँ सरकार निर्माणको क्रम सुरु भएको छ । संघमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारले अझै पूर्णता पाईसकेको छैन भने प्रदेशमा सरकार गिराउने र बनाउने क्रम सुरु भएको छ । प्रधानमन्त्रीकै भाषामा देशमा सत्ताको उथलपुथल सुरु भएको छ । सत्ताको उथलपुथल भैरहँदा देशको हालत भने खस्कँदै गएको छ । दैनिक २५ सयको हाराहारीमा युवाहरू नेपाल छाड्दैछन् । प्रदेश सेतो हात्ती बन्दै गएको गुनासो बढिरहेको छ । त्यसो त प्रदेश सरकारबाट जनताले धेरै अपेक्षा पनि गरेका छैनन् । आम जनताको काम प्रदेश भन्दा पनि पालिकहरूसंग बढी छ । तसर्थ जनताको अपेक्षा प्रदेशभन्दा पालिकाहरूसंग बढी छ । अहिले प्रदेशमा नयाँ सरकार बनाउने र गिराउने काम भैरहेको छ । विगत स्मरण गर्ने हो भने शेरवहादुर देउवा नेतृत्वको पालामा जसरी देशले बेथिती र दुर्दसा भोगेको थियो, त्यही अवस्था अहिले प्रदेश सरकारले भोग्दैछन । प्रदेशमा विकास निर्माणको काम ठप्प छ । पुँजीगत खर्च ९ महिनामा ३० प्रतिशत पनि पुग्न सकेको छैन । त्यही पनि हाम्रा नेताहरूमा यो बिकराल अवस्थाप्रति चिन्ता देखिदैन् । सरकार गिराउने र बनाउने खेलमा विकास निर्माणका काम लथालिंग बन्दैछन् । सात प्रदेशमध्ये लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ सरकार बनेका छन । ती सरकारले पनि जनतालाई आशा भन्दा पनि निरास बनाउने अवस्था देखिईसकेको छ । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले त्यसको संकेत दिईसक्नुभएको छ । महराले गठबन्धन दलहरूलाई मिलाउन मन्त्रिपरिषद चाहेर पनि सानो बनाउन नसकिने बताउनु भएको छ । यो उहाँको बाध्यता पनि हो । किनभने नेताहरूले संघमा जस्तै प्रदेशमा पनि उही बेथिती सिर्जना गराएका छन । जनतालाई डेलिभरी दिने भन्दा पनि सवैलाई भाग पुयाउनु पर्ने भएपछि प्रदेशको विकासमा के अपेक्षा गर्ने ? अर्कोतर्फ यस्तो बेला नयाँ सरकार बनेको छ– नयाँ बजेट बनाउनु पर्नेछ । विकासको अवस्था कहालीलाग्दो भएकोले पुँजीगत खर्च बढाउनु पर्नेछ । तर, यसमा ध्यान भने सरकारको छैन । संघमा जस्तै नेतृत्व परिवर्तन हुने बित्तिकै सरकारका अवयवहरू ठप्प जस्तै हुँदैछन् । प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीको राजीनामा आएको छ । यसले प्रदेश सरकारलाई नयाँ बजेट बनाउने बेला समस्यामात्रै होइन चुनौति खडा हुनेछ । किनभने एउटा सिस्टमबाट भैरहेको काम अव नयाँ पदाधिकारीका लागि समय चुनौति हुनेछ । त्यो अवस्थामा विकास बजेट प्रभावित हुनेछ । सरकारका योजनाहरू पनि प्रभावित हुन सक्छन । प्रदेशले जनतामा आशा दिनुको साटो उही संघीय सरकारको बेथितीको भारी बोक्ने निरन्तरतामा प्रदेश सरकार पुगेका छन ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री महराले मुख्यमन्त्रीको सपथ लिएपछिको पहिलो निर्णय भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने रहेको छ । मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्ट्राचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवं विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले दुई महिनाभित्र कार्य योजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्य योजना पेस गर्नेछ । झट्ट सुन्दा मुख्यमन्त्रीको यो काम उत्साहित गर्ने खालको छ तर भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल गठन गरिएको मात्र हो । भोलीको दिनमा कार्यदलले दिने प्रतिवेदन र सरकारले प्रतिवेदन लागू गरेपछि हुने परिवर्तनले नै यसको प्रभावकारीता अपेक्षा गर्न सकिन्छ । तसर्थ मुख्यमन्त्रीको प्रयासलाई टिप्पणी भन्दा पनि मुल्तबीमा राख्नु श्रेयष्कर हुन्छ । जेहोस् नयाँ सरकारले गर्ने कामबाट उसको गुण र दोष छुट्टिनेछ । प्रदेश सरकारले जनतामा आशाको सञ्चार गरोस् । बाँकी उसको गुण र दोषमा आधारित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?