© २०२३
स्थानीय तहले अत्याधिक कर वृद्धि गरेको विरोधमा परासी साप्ताहिक हाट बजारका ब्यवसायीहरूले परासी बजारमा प्रदर्शन गरेका छन् । ब्यवसायीहरूको ढाड सेक्ने गरि कर लगाएपछि बाध्य भएर ब्ुधवार परासीमा जुलुस निकाल्नुका साथै रामग्राम नगरपालिका अगाडी धर्ना समेत बसेका हुन् ।
कर घटाउनु पर्ने माग गर्दै उनीहरूले साउन पहिलो साता देखी नै नगरपालिकामा ज्ञापन र डेलिगेसन गएको तर कर नघटाइए पछि बाध्य भएर संघर्षमा उत्रिन परेको जनाएका छन् । साप्ताहिक हाट बजार समितिका अध्यक्ष राजकुमार अग्रहरीले जुलुस निकाल्नु भन्दा पहिला हामीले नगरपालिकालाई कर अध्याधिक बढाइएको हँुदा कर घटाउनु पर्ने कुरा राखिएको तर घटाउने प्रति नगरपालिकाले कुनै चाँसो नदेखाए पछि जुलुस निकाल्न परेको बताए । शान्तिपुर्ण ढंगले आफुले कर घटाउन माग गर्दै जुलुस निकालेर सावधान गराएका छौ, कर वृद्धिले महगी वृद्धि हुने र आउदो दिनमा जनता नै नगरपालिका विरुद्धमा उठ्न सक्छ,त्यो भएर करको दायरा परिमार्जित गर्नु पर्ने अग्रहरीको भनाई थियो ।
हाटबाजरबाट निस्केको जुलुस र्याली बुद्धचोक,महेशपुर चोक भएर जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा पुगेको थियो । प्रशासन कार्यालयमा जानकारी गराएर कर वृद्धिमा मतियार भई उद्योग बाणिज्य संघका प्रतिनिधिले राजस्व परामर्श समितिलाई सहमति जनाएको अरोप लगाउँदै संघको कार्यालयमा समेत पुगेर प्रदर्शन गरेका थिए । स्थानिय तहले राजस्व परामर्श समितिको पदेन सदस्यमा उद्योग बाणिज्य संघ समेत रहेको संघको सहमतिमा कर लगाइएको जनाए पछि ब्यवसायिह्ररुले साता दिन अगाडी संघ विरुद्ध प्रदर्शन गरेका थिए । त्यो बेला संघले एक साता भित्र कर घटाउन लगाउने ब्यवसायि समक्ष प्रतिवद्धता जनाएका थिए । तर प्रतिवद्धता पुरा नभए पछि पुनः ब्यवसायि आन्दोलित भएका छन् । यता राजस्व परामर्श समितिकी संयोजक समेत रहेकी रामग्राम नगरपालिकाका उपमेयर रम्भा कुवँरले ब्यवसायिहको माग पुरा गर्नका लागि समिति बैठक,बोर्ड बैठक गरि नगरसभा बोलाएर परिमार्जन गरिने बताएकी थिईन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी