© २०२३
जिल्लाको निस्दी गाउँपालिका–४ मित्यालमा एक वृद्वालाई बोक्सीको आरोपमा मानसिक यातना दिने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नवलपरासी त्रिवेणी गाउँपालिका ३ की १६ वर्षीया तमसरी सिंजाली, नवलपरासी मध्यविन्दु नगरपालिका १४ की १८ वर्षीय गीता कामुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पीडित वृद्वाले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन् ।
उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो । विश्वासी धर्मका समर्थक बताउने उनीहरूले वृद्वा महिला माथि बोक्सीको आरोप लगाउँदै चरम मानसिक यातना दिएका थिए ।
वृद्ध महिलालाई बोक्सी भएको प्रमाणित विश्वासी धर्मालम्बिले प्रमाणित गरेको भन्दै उनीहरूले वृद्वा महिला माथि गम्भीर आरोप लगाएका हुन् । आफूहरूलाई इसाई धर्मका समर्थक हुँ भन्दै उनीहरूले ती वृद्वा माथि बोक्सी भएको स्वीकार गर्न दबाब समेत दिएको विभिन्न सामाजिक सञ्जालहरूमा देख्न सकिन्छ । स्थानीयहरूले ती महिलाहरूलाई समाज भड्काउन आएको भनिरहँदा उनीहरूले बोक्सी प्रमाणित गर्न तन्त्रमन्त्र गरेका हुन् ।