© २०२३
बुटवल, साउन । बुटवल उपमहानगरपालिका–१३ कालिकानगरमा पनि बम विस्फोट भएको छ । विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेकै समयमा कालिका नगरको कालिका चौक नजिकै सानो आकारमा रहेका बम विस्फोट भएको हो । यसबाट कुनै पनि मानविय क्षती नभएपनि ठुलो आवाज आएको थियो । जसबाट कालिकानरबासीहरु संशकित भएका छन् । स्थानियहरुले सडक छेऊमा बनाएकार सडक गार्डेनमा पनि केही क्षती पुगेको छ । स्थानियलाई तर्साउनको लागि सुतली बम विस्फोट गराइएको हुन सक्ने अनुमान गरिएको छ । थप असुन्धान हुन बाँकी रहेको छ ।