© २०२३
जिल्ला प्रशासन कार्यालय गुल्मीले गत आर्थिक वर्षमा प्रशासन कार्यालयवाट भएगरेका कार्य प्रगतिको गतिविधि विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कार्यालयमा प्रत्रकार सम्मेलन मार्फत उक्त कार्य सम्पादनका गतिविधिको जानकारी गराएका हुन् ।
प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १८ हजार ३ सय ६१ व्यक्तिलाई नागरिकता वितरण गरेको छ भने ४ हजार १ सय २५ जनालाई राहदानी वितरण गरेको बताईएको छ । कार्यालयमा गत आर्थिक वर्षमा १ सय ५२ वटा ठाडो उजुरि परेको, ४ सय ११ वटा पसलहरूको बजार अनुगमन निरिक्षण गरेको, २२ वटा सरकारी कार्यालयहरूको छड्के निरिक्षण समेत गरेको जनाईएको छ । भुतपुर्व पेन्सनरहरूको सिफारिस, संस्था दर्ता एवं नविकरण, नाबालक परिचय पत्र, दैवि प्रकोपहरूका लागि राहत वितरण लगायतका सेवाहरूको वारेमा पनि जानकारी गराईएको थियो । जिल्ला प्रशसन कार्यालयले गत आर्थिक वर्ष ०७४÷७५ मा कुल २ करोड ५१ लाख ६१ हजार २ सय ५६ रूपैयाँ राजस्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
प्रशासन कार्यालयलाई सुशासनयुक्त सेवामैत्री कार्यालय वनाउनका लागि कार्यालयको तर्फबाट यस आर्थिक वर्षमा सम्पादन गर्न लागेका गतिविधि र त्यसका लागि गरिएका प्रयत्नहरूका वारेमा समेत अवगत गराईएको थियो । जस अन्र्तगत प्रशासन कार्यालयले लागु औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रण, सवारी दुर्घटना नियन्त्रण, महिला तथा बालबालीका विरुद्ध अपराध, आत्महत्या तथा वालवलीका विरुद्धका अपराध र आर्थिक अपराध नियन्त्रण जस्ता विषयहरूलाई प्रमुख प्राथमिकताका क्षेत्रहरूमा समावेश गरेको छ । भदौ १ गतेदेखि कार्यालयमा विचौलीयाहरूको प्रवेशलाई अन्तय गर्नका लागि सेवाग्राहीहरूलाई निशुल्क रूपमा सेवा अनुसार प्रयोग हुने निवेदनका फर्मेटहरू र अभिलेख पठाउने र झिकाउने व्यवस्था पनि कार्यालय भित्रवाटै शुरु गर्न लागेको जानकारी गराईएको थियो ।
कार्यक्रममा संचारकिर्महरूले विकास निर्माण, यातायात, औषधि पसल, ट्राफिक व्यवस्थापन, आत्महत्या, सामाजिक अपराध र लैङ्गीक हिंसा लगायतका विषयमा देखिएका समस्या समाधानका लागि सुरक्षा निकाय तथा प्रशासन कार्यालय अझ चनाखो हुनु पर्ने सुझाव समेत दिएका थिए ।