© २०२३
सामाजिक विकास मन्त्री सुदर्शन बरालले अहिले बाध्यताले विदेशमा रोजगारी गर्न जाने युवाहरूलाई रहरले जाने वातावरण बनाउन सकिने बताएका छन् ।युवाहरूमा बेरोजगारीको समस्या विकराल भएको बताउँदै सकभर युवालाई स्वदेशमै रोजागारीको व्यवस्था गर्ने नीति बनाइने बताए । युवा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आईतवार बुटवलमा आयोजना गरेको युवा सरोकार केन्द्रित अन्तरक्रिया कार्यक्रमा मन्त्रि बरालले वैदेशिक रोजगारीमा जानेलाई रोक्न नसकिने तर रोजगारीको लागि विदेशीन वाध्य हुने परिस्थितीको अन्त्य गर्न सकिने बताए । बेरोजगारीले गर्दा अहिले नेपाली युवाहरू सस्तो मुल्यमा विदेशमा श्रम बेच्न वाध्य भएको बताउदै उनले बाध्यताले होईन रहरले वैदेशिक रोजगारीमा जाने बनाउन बताए ।
मन्त्रि वरालले स्वदेशमै रोजगारीको सम्भावना प्रवल रहेको बताउँदै त्यसको लागि युवा वर्गमा सिपको खाचो आंैल्याए । उनले विदेशमा जाने युवाहरूको सिप विकासमा सरकारले ध्यान दिने बताउँदै दक्ष जनशक्ति उत्पादन गर्न सकेमा राज्यलाई नै फाईदा हुने बताए । विदेश गएका युवाहरूको सिप र प्राविधिक ज्ञानलाई स्वदेशमै प्रयोग गरेर मुलुकको विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको बताए । सामाजिक विकास मन्त्रालयले विदेशमा सिकेको सिपलाई प्रयोग गर्ने गरी युवामैत्री नीति बनाउने बताए । युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न युवा वर्गसँग सहकार्य गरिने मन्त्रि वरालले बताएका छन् । युवाहरू राष्ट्र निर्माणको आधार भएको बताउँदै उनीहरूको समस्याको विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय योजना महाशाखाका प्रमुख एवं प्रवक्ता मित्र मणि खनालले ५ करोड ४२ लाख रूपैयाँ युवा लक्षित बजेट तयार भएको बताउँदै अन्तरक्रियाबाट आएको सुझावको आधारमा रणनैतिक योजना तयार पारिने जानकारी दिए । उनले योजना तथा नीति बनाउन अन्तरक्रियाबाट राम्रो सुझाव आएको बताउँदै त्यसलाई ग्रहण गरेर मन्त्रालय अघि बढ्ने प्रतिवद्धता जनाए ।
सामाजिक विकास मन्त्रालयका थानेश्वर ज्ञवालीले प्रदेश नं. ५ मा युवाहरूको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा १७ लाख ८१ हजार ८ सय १० युवाको जनसंख्या रहेका जानकारी दिए । युवाहरूमा लागूऔषध दुव्र्यसन, बेरोजगारीको समस्या ब्याप्त रहेको बताउँदै समस्या समाधानको लागि दिर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा शिक्षा महाशाखा प्रमुख हरिहर घिमिरे, युवा तथा खेलकुद शाखाका अधिकृत वेगम केसी, एविसी नेपालका वरिष्ट कार्यक्रम अधिकृत सुन्दर हरिजन लगायतले बोलेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी