ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित

राप्ती नदीमा १० वटा घडियाल गोही छोडियो

१९ माघ २०८०, शुक्रबार
१९ माघ २०८०, शुक्रबार

नेपालगञ्ज, १९ माघ ।   बाँके राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने राप्ती नदीमा ‘अति संकटापन्न’ सूचीमा रहेका घडियाल गोही छाडेको छ । विश्व सिमसार दिवसको अवसरमा राप्ती सोनारी –१ कुसुम बैरिया स्थित राप्ती नदीको भम्का घाटमा १० वटा घडियाल छाडिएको हो । चितवनको गोही प्रजनन् केन्द्रबाट ल्याइएका नौ वटा पोथी र एउटा भाले सहित १० वटा घडियाल संरक्षणका लागि छाडिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार शाहले बताए ।
नदीमा गोही छाड्दै लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसीले घडियाल गोहीको संरक्षणसँगै पर्यटकलाई भित्र्याउने खालका कार्यक्रम ल्याउनसके मात्र सबैलाई फाईदा पुग्ने बताईन् । मध्वर्ती क्षेत्रका समुदाय जनचेतनाका हिसाबले समेत पछि परेको भन्दै निकुञ्जले सो क्षेत्रका जनतालाई सचेतनामुलक कार्यक्रमसँगै आयआर्जनमा समेत जोड्नुपर्ने मन्त्री केसीको धारणा थियो । राप्ती नदि आसपासका बस्ती, परम्परागत सँस्कृति र त्यस क्षेत्र वरपर रहेका धार्मिक तथा पर्यटकीय गन्तब्यलाई समेट्नेगरी पर्यटकीय हब बनाउन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने जिकिर गर्दै मन्त्री केसीले यस विषयमा गहन ढंगले अध्ययन गर्न संरक्षणका क्षेत्रमा काम गरिरहेका सबै निकायलाई आग्रह गरिन् ।
‘निकुञ्जको माध्यमबाट सिमसार क्षेत्रको कसरी संरक्षण गर्न सक्छौं, यहाँ घडियाल लाई हेर्ने निहुँमा पर्यटकलाई कसरी भित्र्याउन सक्छौं, यसतर्फ ध्यान पुर्याउन जरुरी छ’ केसीले भनिन् । बाँकेको धार्मीक पर्यटकीय क्षेत्र बाबा बर्फानी र शन्तानेश्वर मन्दिरको संरक्षण, प्रवद्र्धन र स्तरोन्नतीकालागि आफू विगतदेखि नै लुम्बिनी प्रदेशबाट विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयन गराईरहेको जानकारी दिँदै मन्त्री केसीले बाँकेको कुसुम नजिकै रहेको खर्चे तालल संरक्षणमा पनि आफ्नो ध्यान केन्द्रीत भएको बताईन् ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत शाहले प्रकृति संरक्षणमा जोड दिदै घडियाल लाई प्राकृतिक बासस्थानमा ल्याएर छाडिएको बताए । घडिायल प्रजातीको गोही शान्त स्वभावको हुने बताउँदै उनले स्थानीयहरुलाई नदीमा गोही छ भन्दैमा आतंकित नहुन तर सावधानी अपनाउन आग्रह गरे ।
‘मगर प्रजातीको गोही भन्दा यो एकदमै शान्त स्वभावको हुन्छ, यसले मान्छेलाई आक्रमण गर्दैन, यसको आहारा नै माछा हो, सफा पानीमा मात्र यो बस्न रुचाउँछ,’ उनले भने ।
अति संकटापन्न सूचीमा रहेको जलचर प्राणीको रुपमा रहेको घडियाल गोहीको शिकार गरेमा वा मारेको ठहर भएमा १ लाखदेखी ५ लाख सम्म जरिवाना वा एक वर्षदेखी १० वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था रहेको उनले बताए ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले नदीमा आश्रित समुदायको बैकल्पिक ब्यावसायको ब्यवस्था नहुँदा सम्म घडियाल संरक्षणमा चूनौति रहेको बताए । घडियाल छोडिएको स्थानमा नै नदीमा आश्रित खुना र कुमाल जातीको जन संख्या धेरै रहेको जानकारी दिँदै अध्यक्ष खड्काले माछा मार्ने र सुन चाल्ने ब्यावसायलाई ब्यवस्थित तथा परिमार्जनमा निकुञ्जले सघाउने खालको कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
तराई भुपरिधि कार्यक्रमका प्रबन्धक लक्षमण प्रसाद पौडेलले प्राकृतिक बासस्थानमा घडियाल गोही मर्ने संख्या धेरै रहेको बताए । प्राकृतिक बासस्थानमा प्रत्येक बर्ष घडियाल गोही छोडीएपनि थोरै संख्यामा मात्र संरक्षण गर्न सकिरहेको बताए । उनले भने– ‘प्रजनन् केन्द्रबाट १५०० को हाराहारीमा प्राकृतिक बासस्थानमा छोडि सक्यौं तर हाल २०० को हाराहारीमा मात्र रहेका छन् ।’
गत बर्ष पनि विश्व सिमसार दिवसको अवसरमा बाँकेको राप्ती सोनारी– १ बाँसखोली स्थित राप्ती नदिमा आठ वटा पोथी सहित दुई वटा भाले गोही छोडिएको थियो । त्यो भन्दा अगाडी राप्ती नदीको अगैया नजिक दुईवटा गोही छोडिएको थियो । बाँकेको राप्ती नदीमा जम्मा २२ वटा घडियाल गोही संरक्षणकालागि छोडिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । गत बर्ष छोडिएको गोहीको सर्वेक्षण गर्दा त्यस क्षेत्रमा एउटा मात्र गोही देखा परेको सर्वेक्षणमा खटिएका युवा शारदा खुनाले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?