© २०२३
प्रदेश नं. ५ बाट निर्बाचित सांसदहरुले प्रदेशका समस्या वाढी, डुवान, जंगली जनावरको आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रदेशनम्वर ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपा तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी प्रदेशको समस्याका बिषयमा अवगत गराएका हुन् ।भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सांसदहरुलाई प्रदेश ५ को समस्याका बिषयमा आफु गम्भिर भएको बताउँदै वर्तमान सरकारले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएर देशलाई समृद्धिको बाटोमा अघि बढाएको जानकारी गराए । उनले अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु¥याएकाले नेकपा नेतृत्वको सरकार अहिले नबनेको भए देश भयाबह संकटमा पर्ने भन्दै उनले अब देश आर्थिक समृद्धिको दिशामा अघि बढेको दाबी गरे ।प्रधानमन्त्री ओलीले धेरैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य पीडा भएको भएपनि नेपाली जनता अहिलेको सरकारले गरेको कामबाट उत्साहित भएको बताउँदै भने,जनताको मत अनुसार नै वर्तमान सरकार देशको आर्थिक सामाजिक रुपान्तरणमा दृढ भएर लागेको छ,लाग्ने छ । भेटका सहभागी प्रदेश पाँचका सांसदहरु बिष्णु पौडेल, खिमलाल भट्टराई, नन्दलाल रोकाया, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापा लगायतले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका बारेमा आआफ्नो धारणा राखेका थिए ।à