© २०२३
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेका वास्तविक गरिव घरपरिवारले गरिव परिचय पत्र नपाएको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बतााएका छन । प्रमूख मंगल प्रसाद थारुले आफुहरु समेत यो विषयमा आश्चर्यमा परेको बताउदै स्थानिय तहमा जनप्रतिनिधिहरु नआउदै नामहरु छनौट गरी केन्द्र सरकार समक्ष पठाइएको उनले बताए । केन्द्र सरकारको निर्देशन अनुसार अहिले वितरण गर्दा नगर भित्रका वास्तविक गरिब परिवारले परिचय पत्र पाउनुको साटो धनि तथा जमिनदारहरुको नाम परिचय पत्रमा रहेको बताए । अहिले सम्म नगभित्रका परिचय पत्र पाएका परिवारहरुले नगरपालिका बाट पाउने सेवा सुुविधा तथा अधिकारका विषयमा समेत नगरपालिका नै अन्यौलमा रहदा परिचय पत्र हातमा लिएर बस्नुको अर्को विकल्प देखिएको छैन । नगर प्रमूख थारुले परिचय पत्रमा नगरभित्रका वास्तविक गरिब परिवार छुटेको स्वीकार गर्दै अब तत्काल ति नामहरु काट्न पनि नमिल्ने र थप गर्ने अधिकार नगरपालिकालाई नभएकोले समस्या भएको उनको भनाइृ छ । साथै उनले परिचय पत्र पाएका परिवारहरुको विषयमा नगरपालिकाले तत्काल समिक्षा र अध्ययन गरी नगरबाट पाउने सेवा सुविधाबाट बञ्चित गराउने तयारीमा रहेको समेत बताए । वाणगंगा नगरपालिकाका प्राय सबै वडाहरुमा वास्तविक गरिब परिवारको साटो धनि र सम्पन्न परिवारले परिचय पत्र पाउँदा वास्तविक गरिब परिवारहरु अन्यायमा परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकाले साउन १४ देखि नगरपालिका भित्रका गरिब घरपरिवारका लागि वितरण गर्दै आएको गरिब परिवार परिचय पत्र वितरण कार्य बिहिबार वडा नम्बर ९ मा सम्पन्न गरेको छ । नगरपालिका भित्रका कुल १ हजार १ सय ८६ परिवार मध्ये वडा नम्बर ९ मा १ सय ३ परिवार गरिबिको सूचिमा सुचिकृत रहेको वडा कार्यालयले जनाएको छ । बिहिबार विहान १० बजे देखि वडा कार्यालयको परिसरबाट वितरण सूरु गरि वडा भित्रका १ सय ३ परिवार मध्ये जम्मा ६८ परिवारले मात्रै परिचय पत्र लिएका छन् । कुल परिवार मध्ये वडा नम्बर ९ का ५ परिवारले परिचय पत्र नलिने जनाएका थिए । परिचय पत्र पाएका ६८ परिवार मध्ये अति गरिबको सूचिमा २१ परिवार छन भने मध्यम गरिबमा २३ र सामान्य गरिबमा २४ परिवार रहेका छन् । वडा नम्बर १ बाट सुरु गरिएको सो अभियानमा वडा नम्बर ९ सम्म आइपुग्दा गरिब परिवारको सुचिमा छनौटमा परेका परिवार मध्य अधिकाशंले परिचय पत्र ग्रहणका लागि वडा कार्यालयमा उपस्थिति नै जनाएका छैनन् । अझ वडा नम्बर ८ न्युन परिवारले मात्रै परिचय पत्र ग्रहण गरेका छन् ।