© २०२३
प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सरकारको ध्यान हाल विकास निर्माण भन्दा पनि कानुन निर्माणमा केन्द्रीत भएको बताएका छन् । नेपालले पहिलो पटक संघीयताको अभ्यास गरेको भन्दै नयाँ संरचनामा कानुन निर्माण तर्फ ध्यान जानु स्वाभाविक भएको बताएका हुन् । प्रदेश र केन्द्रबिच अधिकारका बिषयमा पनि केहि जटिलताहरु देखिएका छन् यसलाई छलफलका माध्यमबाट हल गर्नुपर्ने उनको तर्क छ । रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ कार्यालयद्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले बाँझो बारीको डल्लो फुटाउने कोशीशमा रहेको प्रष्ट पारे ।‘हामी संघीयता कार्यान्वयन शुन्यबाट शुरु गरेका हौं, यो बाँझो बारीको डल्लो फुटाउने काम जस्तै जटिल हो, संघीय ब्यवस्थालाई ब्यवस्थित र कार्यान्वयन गर्ने कोसिश गरेका छौं’ उनले भने । उनले आफूहरुका बीचमा केहि सकारात्मक चुनौतीहरु रहेको भन्दै तत्कालका लागि २ वटा दायित्व निर्बाह गर्नुपर्ने बताए । सभामुख घर्तीले भने—‘तत्कालका लागि प्रदेश कानुन निर्माण गर्न जरुरी त्यसपछि हामी बिकास निर्माणका काम पनि अघि बढाउनुपर्ने दायित्व छ ।’ उनले मुख्य बिषयमा जोड दिन नसकिए संघीयता अलमल हुने बताए । संबिधान कार्यान्वयनमा सबैलाग्न जरुरी रहेको उनको भनाइ छ । महंगी नियन्त्रण र जनताको जीवनस्तर उकास्न प्रदेश सरकारले काम गर्नुपर्ने उनको भनाइ छ ।‘अब आर्थिक क्रान्ति जरुरी छ,राजनीतिक मुद्धाहरु अब धेरै छैनन ।’उनले सुनाए ।प्रदेशको राजधानी र नामाकरण संघीयताको मर्ममा केन्द्रित रहेर हुन्छप्रदेश राजधानी र नामको अन्तिम टुंगो संसदले नै लगाउने भन्दै सभामुख घर्तीले १५ सदस्यिय समितिले प्रतिबेदन तयार गर्ने बताए । उनले अगाडि भने— ‘प्रदेशको राजधानी वा नामाकरणको बेला संघीयताको मर्ममा केन्द्रित रहेर हुनुपर्छ ,अमुख दल अमुख क्षेत्रको पक्षमा होइन,हुदैन । अब यो गुनासो र संघर्षको बिषय बन्दैन ।’सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा ब्याख्या भएपनि अहिले सर्बोच्चमा बिचाराधीन अबस्थामा मुद्धा रहेकाले केहि बोल्न नमिल्ने बताए । यो बिषय एमाले र माओबादी एकतापछि मात्रै उब्जिएको समस्या भएको भन्दै उनले न्यायालयले नै निर्णय गर्ने बताए ।प्रदेशसभाले पहिलो र दोश्रँे अधिबेशनबाट १५ वटा बिधेयक पास गरेको र प्रदेश लोकसेवा आयोगको बिधेयक समितिमा अड्किएको जानकारी समेत दिए । प्रदेश ५ मा ५५ पुरुष र ३२ महिला गरि ८७ जना प्रदेश सांसद रहेका छन् । माघ २१, २०७४ बाट शुरु भएको पहिलो अधिबेशन २०७५ बैशाख ३१ सम्म र दोस्रो अधिबेशन साउन २४ गते अन्त्य भएको थियो । सोहि अबसरमा बिभिन्न राष्ट्रिय मिडियाका प्रदेश ब्युरो प्रमुखहरुलाई टीका तथा खादा ओढाएर सम्मान गरिएको थियो । गोरखापत्रका प्रदेश ५ ब्युरो छबि पाण्डे, कान्तिपुरका प्रदेश ५ ब्युरो प्रमुख दीपेन्द्र बडुवाल र अन्नपूर्ण पोेष्टका प्रदेश ५ ब्युरो प्रमुख लक्ष्मण पोखरेललाई सम्मान गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी