© २०२३
नेपाल सरकार प्रेस काउन्सील नेपालको बर्गीकरणमा बुटवल पब्लिकेशन प्रालिद्वारा प्रकाशित बुटवल टुडे दैनिक राष्ट्रिय ‘क’ वर्गमा बर्गीकृत भएको छ । काउन्सीलद्वारा आर्थिक बर्ष २०७३÷०७४ का लागि नेपालभरबाट प्रकाशित दैनिक, साप्ताहिक, मासिक गरी ९ सय ५३ पत्रपत्रिकाहरूको बर्गीकरण गरिएको हो । ती मध्ये राष्ट्रिय क प्लसमा ११ र राष्ट्रिय ‘क’ मा १९ पत्रपत्रिका पर्न सफल भएका छन् । बुटवल टुडे शुरुवादीदेखि नै राष्ट्रिय ‘क’ बर्गमा सूचीकृत हँुदै आएको छ । पब्लिकेशनले राष्ट्रिय ‘क’ बर्गमा सूचीकृत हुनमा निरन्तर जिम्मेवारी अनुसार काममा खटिने पत्रकार तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेको छ । पब्लिकेशनका अध्यक्ष हरिप्रसाद पौडेलले पत्रिकाको स्तर कायम राख्न सफल भएकोमा टुडे परिवारलाई धन्यवाद दिँदै अबका दिनमा जनताको सूचनाको हकलाई सुसुचित गर्नमा पब्लिकेशन लागिरहने प्रतिबद्दता जनाए । पौडेलले सूचना प्रबिधिको विकाससँगै पब्लिकेशनले सहप्रतिष्ठानको रूपमा अनलाइन संस्करण परिमार्जित रूपमा संचालन गर्ने तयारी गरेको जानकारी दिए । प्रेस काउन्सीलले पत्रपत्रिका–हरूलाई राष्ट्रिय, क्षेत्रिय र स्थानीय गरी तीन स्तरमा बर्गीकरण गर्ने गर्दछ ।