© २०२३
सिमा क्षेत्रमा चारजना युवक करिब ८४ लाख नेपाली रूपैयाँ सहित पक्राउ परेका छन् । भारतको महराजगंज जिल्लाको सिमावर्ति बजारठुठीबारी सिमामा भारतबाट नेपाल भित्राउँदै गरेको नेपाली रभारु गरिकरिब ८४ लाख रुपिया नगद सहित उनीहरूलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । सिमा क्षेत्रमा भारतीय प्रहरीले सवारी साधन चेकजाँचको क्रममा युपी ५३ सीबी ४३९८ नम्बरको भरतीय सेतो कारमा सवारति युवकहरूसँग नेपाली ८३ लाख २० हजाररभारतीय ४४ हजाररुपिया नगद सहित फेला पारेको थियो । काररनगद रूपैयाँ सहित कारोबारी ४ वटै युवाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । पैसाको बारेमा प्रहरीलाई विशेष सुराकी भए पछि बुधबारविहान भारतको युपी प्रहरी रसिमा सुरक्षा बला (एसएसबी) ले सवारी साधन चेकजाँच गर्दै आवत जावत गर्ने व्यक्तिहरू माथि निगरानी बढाएको थियो ।
बुधबारविहानकै समयमा रूपैयाँले भरिएको कारभारतबाट ठुठीबारी–महेसपुरनाका हुदै नेपाल छिराउन खोज्दा शंकाका आधारमा प्रहरीले केरकारगर्दा कारको डिग्गीमा कागज बेरेरराखिएको नेपाली रभारतीय मुद्रा फेला पारेको थियो । प्रहरीले काररयुवकहरूलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ पर्ने विहारको सिवान बस्ने निरंजन कुमार, गोरखपुरखजनी निवासी रामेश्वरसिंह, देवरियाको तरकुलवा निवासी धर्मेन्द्र राव, रमहराज गंजको निचलौल निवासी मुंशरीफ रहेको जनपद प्रहरी ठुठीबारी कोत्वालीले जनाएको छ ।
प्रहरीका अनुसारपक्राउ परेका चारै जना भारतीय नागरिक रहेको भन्दै यिनीहरूको नेपाल भारतमा पैसाको कारोबाररहेको जानकारी दिएको छ । यस घटनाको विषयमा सीमाको सुरक्षा एवं खुफिया एजेंसिहरू अनुसन्धान गरिरहेको बताएको छ । भारतको सिमावर्ति बजारठुठीबारी सिमा नेपालको नवलपरासीको महेसपुरसिमासंग जोडिएको नाका हो । à