ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

छ महिनामा एघार कानुन, तीन महिनामा स्थायी राजधानी ! सूचनामा सचिवालय कमजोर

२५ श्रावण २०७५, शुक्रबार
२५ श्रावण २०७५, शुक्रबार

प्रदेश नं. ५ प्रदेश सरकारले अहिले सम्म ११ वटा कानुन तयार गरेको छ ।  प्रदेश सभाको दोश्रो अधिवेशन सकिँदा प्रदेश सभामा पेश भएका १४ विधेयक मध्ये ११ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई कानुन बनेका छन् ।  सरकारले पहिलो विधेयक ‘प्रदेश नं. ५ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमन तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४ फागुन २५ गते प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो । त्यसलाई चैत २ गते मात्र पिजन होलमा राखिएको थियो ।
पिजन होलमा राखिएको दुई दिन पछि मात्र उक्त विधेयक मुख्य मन्त्रि शंकरपोखरेलले प्रदेश सभामा प्रस्तुत गरेका थिए । विधेयक माथि सैद्धान्तिक छलफल पछि तत्कालिन विधायन समितिमा पठाइएको थियो । चैत ८ गते सभाबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुख उमाकान्त झाले १९ गते मात्र प्रमाणीकरण गरेका थिए । यो नै प्रदेशको पहिलो कानुन थियो । पछिल्लो समयमा प्रदेश प्रमुखले २ विधेयक प्रमाणित गरेका छन् । साउन २२ गते मंगलवारप्रदेश सरकारका मुख्य मन्त्री रमन्त्रिको पारिश्रमिक तथा सुबिधा सम्वन्धमा बनेको विधेयक रप्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल प्रसाद घिमिरेले जनाएका छन् ।
त्यसैगरी ‘प्रदेश नं.५ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमन तथा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेश अन्तर्गतका स्थानिय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधियक, सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर्गतका गाउँ सभा रनगरसभाको कानुन निर्माण प्रकृयाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को सेवा रकार्यहरूको लागि प्रदेश संञ्चिल कोषबाट केही रकम खर्च गर्न रविनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक–२०७५, प्रदेशको करतथा गैरकरराजश्व लगाउने रउठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक–२०७५), प्रदेश नं ५ प्रदेश सरकारको आ.व. २०७५÷०७६को सेवा रकार्यहरूको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने रविनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गरेका छन । प्रदेश सभाको पहिलो अधिवेशनमा ८ वटा विधेयक पेश भएका थिए । ति सवै विधेयकहरू प्रदेश प्रमुखले प्रमाणिकरण गरिसकेका छन । दोश्रो अधिवेशनमा ६ वटा विधेयकहरू सभामा पेश भएका छन । ति मध्ये ४ वटा विधेयक पारित भई प्रमाणीकरण समेत भई सकेका छन । अहिले सम्म सभामा पेश भएका विधेयकहरू मध्ये स्थानिय जनप्रतिनिधि रमुख्य मन्त्रि मन्त्रिका सेवा सुविधा रकरतथा आर्थिक सम्वन्धीका धेरै छन । विहिवारदेखी वर्षे (दोश्रो) अधिवेशन सकिएको छ । प्रदेश सरकारको शिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले दोश्रो अधिवेशन अन्त्य गरेको प्रदेश सभा बैठकमा सभामुख पुर्ण बहादुरघर्तिले पढेरसुनाएका थिए । दोश्रोे अधिवेशनमा २७ वटा बैठक बसेको प्रदेश सभा सचिवालय श्रोतले जनाएको छ ।

तीन महिनामा स्थायी राजधानी !
बुटवल, २४ साउन– प्रदेश ५ को स्थायी राजधानी रनामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ ।
बिहीबारबसेको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुरघर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरूको नाम घोषणा गरेका हुन् । समितिले आगामी तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी रनामाकरणबारे अध्ययन गरी प्रदेश सभामा प्रतिवेदन बुझाउनुपर्ने समय सीमा तोकिएको छ ।समितिमा रूपन्देहीबाट तुल्सी चौधरी, रमा अर्याल अर्घाखाँचीबाट कल्पना पाण्डे, निर्मला क्षेत्री रचेतनारायण आचार्य छन् । कपिलवस्तुबाट विष्णु पन्थी रसहश्रराम यादव,पाल्पाबाट वीरबहादुरराना रनारायण आचार्य, बर्दियाबाट भुवनेश्वरी चौधरी, रोल्पाबाट दीपेन्द्रकुमारपुन, प्युठानबाट तारा जीसी, गुल्मीबाट दिनेश पन्थी,दाङबाट सरस्वती गौतम रबाँकेका बाबुराम गौतम रहेका छन् । नवलपरासी पश्चिम रवर्दियाबाट भने समितिमा समेटिन सकेको छैन ।
प्रदेश नामाकरण रस्थायी राजधानीको अन्तिम टुंगो भने प्रदेश सभाको दुई तिहाई बहुमतले निर्णय गर्ने संबैधानिक व्यवस्था छ

सूचनामा सचिवालय कमजोर
बुटवल, २४ साउन– सूचना संप्रेषणलाई प्रभावकारी बनाउन भन्दै प्रदेश सभा सचिवालयले आफ्नै वेभसाईट संचालन गरेको छ । त्यति मात्र होईन फेसबुक पेज रप्रवक्ताले फेसवुक पेज समेत संचालन गरेका छन् । ती सवै निष्कृय जस्तै बनेका छन ।
निकै तामझामका साथ सार्वजनिक गरिएको वेभसाईट भने मुस्किलले १० दिनमा एक पटक अपडेट हुन्छ । वेभसाईटको विधेयकहरू मेनुमा प्रदेश सभामा दर्ता भएका विधेयकहरूको स्थिति राखिएको छ । जुन साउन ६ गतेदेखि अपडेट छैन । साउन २२ गते मंगलबारप्रदेश सरकारका मुख्य मन्त्री रमन्त्रीको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा बनेको विधेयक रप्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गरेका छन् । त्यो कुरा समेत सचिवालयका कर्मचारीहरूले अपडेट गर्न भ्याएका छैनन् । सामान्य सूचना लिनको लागि प्रवक्ता रसूचना अधिकारीको गुहार्नु पर्ने बाध्यता छ । प्रदेश सभा सचिवालयले कानुन अधिकृत चन्द्र प्रसाद अधिकारीलाई सूचना अधिकारी तोकेको छ । तरउनि सूचना दिन सधै वेफुर्सदिला छन् । ‘मैले वान वाई वान सूचना दिन सक्दिनँ, सबै पत्रकारएकैपटक आउनुुस् लिएरजानुस । उनले बिहीवारटुडेकर्मीलाई भने– संसद बैठक सकिने बित्तिकै आए पाउनु हुन्छ म अहिले व्यस्त छु । प्रदेश सभा सचिवालयमा सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा २७ जना कर्मचारी कार्यरत रहेको वेभसाईटमा उल्लेछ छ । तरपनि सूचना प्राप्त गर्नको लागि सेवाग्राहीलाई सहज छैन । सचिवालयको वेभसाईट लगायतका सूचना संप्रेषणको माध्यमहरू निष्प्रभाही छन् । शुरुका केही दिन सूचना पार्टीमा दैनिक कार्यसूचि टाँसे पनि त्यसले निरन्तरता पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?