© २०२३
सल्यानमा घरबाट भागेर शहर जान लागेका चार जना छात्रालाइ प्रहरीले रोकेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ भालाखर्क घर भएका चार छात्रा पढाइ छोडी घरबाट भागेर काठमाण्डौ जान लागेका थिए । र उनीहरुलाइ प्रहरीले कोहलपुरबाट फेला पारेर घर फर्काएको हो ।
गाउँकै सिता वस्यालको सल्लाहामा उनिहरु दुई दिन अघि घरबाट जँगलमा घाँस काट्न जाने निहुमा भागेर कोहलपुर पुगेका थिए । आफन्तले इलाका प्रहरी कार्यलय सल्लीवजारमा खोजि गरिदिन भनेर हुलिया सहित निवेदन पेश गरेपछि कोहलपुर इलाका प्रहरी कार्यलयले उनिहरुलाई काठमाण्डौ जाने तयारीमा रहेको अवस्थामा कोहलपुर वसपार्कबाट फेला पारेको थियो ।
वर्ष १४ की राधिका वि.क, वर्ष १५ कि मनिषा वि.क, वर्ष १५ कि सृष्टि वि.क. गाउँकै सिता वस्यालको साथमा काठमाण्डौ जान लागेको समयमा प्रहरीले फेला पारेको हो । उनिहरु सवैजना राधा निमावि भलाखर्कमा कक्षा आठमा अध्यायनरत थिए । ईलाका प्रहरी कार्यलय कोहलपुरले इप्रका सल्लीमा पठाईदिए पछि बुधबार इलाका प्रहरी कार्यलय सल्लीले आफन्तको जिम्मा लगाएको इन्चार्ज चन्द्र कठायतले जनाकारी दिएका छन् ।
उनिहरुले कामको खोजिमा काठमाण्डौ हिडेको वयान दिएका थिए । छोरीहरु २ दिन देखि हराए पछि आफन्तहरु चिन्तीत वनेका थिए । प्रहरीले चार जना छात्रालाइ आफन्तीको जिम्मा लगाई घर पठाएको छ ।